बहु चर्चित एमसिसि परियोजना अन्तर्गतको एमसिए–नेपाललेआज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको उपीस्थतीमा कार्यक्रम सुभारम्भ कार्यक्रम समपन्न भएको हो ।
शुभारम्भ कार्यक्रममा अर्थमन्त्री खनालले भन् “स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको छ । एमसीसी र एमसिए–नेपालको सहयोगबाट हामी राष्ट्रीय हितका लागि सम्झौतालाई कार्यरूपमा रूपान्तरण गर्दैछौँ ” प्रतिवद्ध छौ ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत थम्प्सनले भने “प्रसारण लाइन तथा सबस्टेशन जस्ता आयोजनाहरूले घरपरिवार र व्यवसायहरूका बत्ती बाल्नमा सघाउने मात्र नभई यस क्षेत्रभरि नै व्यापार वृद्धि तथा समाजको प्रगतिका लागि अवसरहरू समेत सिर्जना गर्छ । आजको यो कार्यक्रम हामी सहकार्यबाट के कति हासिल गर्न सक्छौँ भन्ने कुराको प्रमाण हो”
१८ किमि प्रसारण लाइनले नवलपरासीको भुमही स्थित ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा श्रृजनाका पूर्वाधारहरुले आगामी दशक भित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिई ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन् २०२४ अन्तर्गत स्वच्छ जलविद्युत् भारत निर्यात गर्नमा नेपाललाई सघाउ पु¥याउने विश्वास उल्लेख गरिएको छ ।



