लुम्बिनी, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (Free Educational Consultancies’ Organization Nepal – FECON) लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेशन नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट संघको नयाँ कार्यसमिति, सल्लाहकार समिति तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री छबिन्द्र ओझा, महासचिव श्री दिपेन्द्र पोखरेल, प्रथम सचिव आर.सी. के.सी., कोषाध्यक्ष श्री गौतम पुडासैनी तथा फेकन केन्द्रको इभेन्ट म्यानेजमेन्ट कमिटीका श्री दीपक लामिछानेको उपस्थितिमा आयोजित समारोहबाट श्री दिपेन्द्र कुँवरको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो।
अधिवेशनले श्री दिपेन्द्र कुँवरलाई अध्यक्षमा निर्वाचित गरेको छ। यस्तै, श्री बिनोज बास्तोला उपाध्यक्ष, श्री एस.पी. बुढा सचिव तथा श्री विवेक लम्साल कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।
त्यसैगरी, श्री कुलदीप शर्माको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ, जसमा श्री ओम प्रकाश रिजाल र श्री रोनीश गौतम सदस्य रहनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा श्री अर्जुन के.सी., श्री बिजय छिनाल, श्री फलेन्द्र बुढाथोकी, श्री सन्तोष बस्नेत तथा श्री तोरण खाम्छा निर्वाचित हुनुभएको छ।
संघले नव–निर्वाचित सम्पूर्ण पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै, नयाँ नेतृत्वको कार्यकालमा संस्थागत सुदृढीकरण, सदस्य हितको संरक्षण तथा शैक्षिक परामर्श क्षेत्रको मर्यादा र व्यावसायिकता अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
Free Educational Consultancies’ Organization Nepal (FECON) का महासचिव दिपेन्द्र पोखरेलले उक्त जानकारी जुपिटर मिडियालाई गराउनुभएको हो।


