श्री ज्ञानज्योति माध्यमिक विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। वर्दघाट नगरपालिका वडा नम्बर १० अल्हावलमा रहेको श्री ज्ञान ज्योति माध्यमिक विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनाल को अध्यक्षता तथा संविधानसभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य विक्रम खनालले विद्यालय सुधारका लागि विद्यार्थी अभिभावक शिक्षकहरूको त्रिकोणात्मक सम्बन्ध रहने बताए । उनले विद्यालयमा सम्पूर्ण सेवा सुविधा भइसके पश्चात युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने जिकिर गरे । उनले युग सुहाउँदो शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति पूर्ण रुपमा जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
उनले शिक्षक विद्यार्थीको सम्बन्ध, शिक्षक अभिभावकको सम्बन्ध र शिक्षक व्यवस्थापन समितिको सम्बन्ध रोल मोडलको रुपमा हुनुपर्ने बताए । उनले समय सापेक्ष शिक्षकहरूलाई तालिमको व्यवस्था, अभिभावक शिक्षा तथा शिक्षक र विद्यार्थीको सम्बन्ध प्रगाड बनाउन विद्यार्थीमैत्री शिक्षण प्रणाली आजको आवश्यकता रहेको बताए । उनले विद्यालयले आवश्यकता महसुस गरे आफूले यस कार्यका लागि सहजीकरण समेत गरिदिने इच्छा व्यक्त गरेका थिए।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सन्तबहादुर गाहाले समाजमा प्रतिष्ठ व्यक्तिहरूको माझमा रहेको यस विद्यालयको अवस्था विद्यार्थीको सङ्ख्यालाई हेर्दा नाजुक रहेको उनले बताए । प्रवक्ता प्रवक्ता गाहले अब कुनै पनि बहानामा विद्यालय बिगार्न छुट नरहेको र अबका दिनमा विद्यालय सुधार परियोजनाका लागि यहाँका सम्पूर्ण शिक्षाप्रेमी समाजसेवी र नेतृत्व वर्गले सोच्नुपर्ने बेला आएको बताए । उनले उनले भने तपाईं शिक्षकहरु आफ्ना बालबालिका निजी महँगो विद्यालयमा पढाउने तर कुन बहाना बनाएर समाजमा गएर हामीले अध्यापन गर्ने विद्यालयमा तपाईँको बालबालिका दिनुस् भनेर जानुहुन्छ ? तपाईहरुलाई नैतिकताले दिन्छ ? तपाईँलाई अभिभावकहरूले आफ्नो बच्चा निजीमा पढाउने तर हाम्रो बच्चा लगेर कस्तो पढाउनुहुन्छ भनेर सोधे भने के जवाफ दिनुहुन्छ ? शिक्षक जिम्मेवार चरित्रवान हुनुपर्ने उनले जिकिर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै बद्धघाट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वर्तघाट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष गुरुङले मैले यस विद्यालयले सुरु गरेको अभिभावक, महिला समूह आमा समूह, राजनीतिक दल सँगको छलफलले विद्यालयले सुधारको योजना अघि सारेको देखिएको हुँदा छिटै यसको नतिजा मा पनि सुधार हुने अपेक्षा लिएको बताए । उनले स्थानीय सरकारका प्रमुखदेखि उच्च ओहोदाका व्यक्तिहरू रहेको स्थानमा भएको यस विद्यालयको अवस्था चिन्ताजनक रहेको र विद्यालय सुधार आयोजनाका लागि अत्यावश्यक रकम आवश्यक परेमा विद्यालय व्यवस्थापन समितिको निर्णय सहित नगरपालिका आएमा आफूहरुले रकम अत्यावश्यक ठानेमा विनियोजन समेत गरिदिने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बदघाट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजु मिश्रले करिब दुई कार्यकाल सकिने लाग्दासम्म पनि विगतमा आफू यस विद्यालयको पदन सदस्य रहेको नाताले विद्यालय प्रगतिका योजना तथा सहजीकरण नभएको बताए । उनले अहिलेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालय सुधारका योजनासहित छलफल गरेको हुँदा र विद्यालयका क्रियाकलापमा पनि आफू प्रत्यक्ष सहभागी रहेको हुँदा विद्यालय सुधार हुने आफूले अपेक्षा लिएको बताए । उनले विद्यालय सुधारका लागि प्रशासकीय भूमिकामा रहेका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानध्यापक मुख्य भूमिका रहने हुँदा जिम्मेवार प्रशासकीय भूमिकामा रहेका व्यक्तिहरूले आआफ्नो जिम्मेवारी निभाउनुपर्ने बताए। उनले अहिले आएका प्रधानाध्यापकले समन्वय र सहजीकरण गरिरहेको हुँदा पठन वातावरण तयार हुँदै गएको आफूले नजिकबाट नियालेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै वर्दघाट नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख डिल्लीराम ढुङ्गानाले विद्यालय कुनै एक व्यक्तिको निजी संस्था नभएको हुँदा यो हाम्रो साझा सम्पत्ति र साझा जिम्मेवारी हो। यस विद्यालयमा हुने गतिविधि मा हाम्रो अपनत्वको भावना जागृत हुनुपर्ने बताए। उनले यस विद्यालयले अपनत्वको भावना जागरुक गराउन सक्ने मात्र विद्यालयले प्रगति गर्न सक्ने बताए। विद्यालयको शैक्षिक प्रगतिका लागि शिक्षकलाई प्रश्न मात्र होइन हाम्रो जिम्मेवारी पनि बहन गर्नुपर्ने अभिभावकको दायित्व रहेको उनले बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण प्रधानाध्यापकका तर्फबाट दाउने देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद न्यौपानेले आफ्नो आँगनमा रहेको विद्यालयमा आफ्ना नानीबाबुहरूलाई गुणस्तर शिक्षा प्रदानका लागि सबै अभिभावक एकजुट भएर लाग्न आग्रह गरे । न्यौपानेले बालबालिकाले विद्यालयबाट भन्दा पनि अभिभावकहरूबाट पनि धेरै कुरा सिक्ने हुँदा अभिभावकका बानी व्यवहार र गतिविधिमा सुधार ल्याउनुपर्ने समय अहिले देखिएको बताए। उनले बालबालिका काँचो माटो भएको हुँदा अभिभावक शिक्षक र समाज सबै मिलेर उसलाई आकार दिनुपर्ने कुरामा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्र अ शरद पौडेलले अहिले विद्यालयले पहिलेको तुलनामा सुधारका पाइलाहरू चालेको बताए । उनले बर्दघाट नगरपालिका वडा नम्बर १० को गहनाको रुपमा रहेको यस विद्यालयमा विगतमा भन्दा फरक तरिकाले अध्यापन गराइएको र यहाँ रहेका सामाजिक संस्थाहरुले पनि यस विद्यालयप्रति थप चासो व्यक्त गरिरहेको देखिएको बताए । उनले विगतलाई सम्झँदै यस विद्यालयमा प्रवेश गर्दा आफ्ना विगत ताजा हुने बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक शिक्षक अभिभावक सङ्घका सदस्य टकबहादुर छन्त्यालले गुणस्तरीय शिक्षकार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक अभिभावक संघका टक बहादुर छन्त्यालले गुणस्तरिय शिक्षा प्रदान गर्न सबै मिलेर लाग्नुपर्ने बताऊदै भावि दिनमा यस विद्यालयको क्षेत्रभित्र रहेका विद्यार्थीहरुलाई अन्य विद्यालयमा पठन पाठनमा जानु नपर्ने गराऊदै विद्यालयमा गुणस्तरिय निजी विद्यालयको शिक्षा भन्दा पनि अब्बल बनाऊन सबैको सहयोग अपरिहार्य रहेको बताए ।
कार्यक्रमलाई समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालले सहभागि विद्यार्थी शिक्षक, अभिभावक, अतिथी, स्थानिय सरकारका प्रतिनिधीसबै्रलाई धन्यवाद व्यक्त गर्दै भावि दिनमा विद्यालय सुधारका पक्षमा सबैको साथ रहनेकुरा विश्साव गरेका थिए |
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिराम खनालले विद्यालयको बार्षिक प्रतिवेदन, विद्यालयको भावि योजना, आर्थिक प्रतिवेदन, शैक्षिक प्रगति प्रतिवेदन, विद्यार्थीको औषत सिकाई प्रतिवेदन, विद्यालयको भौतिक प्रतिवेदन, अक्षयकोष दाताहरुको विवरण, भावि दिनमा विद्यालयमा गर्नुपर्ने महत्वपूर्ण कार्यहरु प्रस्तुत गरेका थिए । उनले विद्यालयमा अबका दिनमा विज्ञानप्रयोग शालाको स्तरऊन्नती, विद्यालयको जि पि ए सुधार, गुणस्तरिय शिक्षा प्रदान, बाल कक्षा तथा खेलकुद सामाग्रीको उपलब्धथता गराऊने, विद्यालयमा स्मार्ट बोर्डको जडान, कक्षामा न्यूनतम २२० दिन शैक्षिक कार्यक्रम गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए ।
कार्यकाममा शिक्षक जानुका खनालको स्वागत मन्तव्य रहेको थियो भने शिक्षक सरस्वती रानाको कार्यक्रम सञ्चालनमा विद्यालयमा विभिन्न गतिविधिमा उत्कृष्ट शिक्षक, विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई आर्कषक बनाऊन विद्यार्थीका प्रतिभाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानिय सरकारका प्रतिनिधी, शिक्षाप्रेमी, अभिभावकहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा विभिन्न बक्ताहरुले शिक्षा सुधारका आ आफ्ना धारणा व्यक्त गरेका थिए ।



