३१ भदौ २०८३, बुधबार

रुपन्देही नाउपाका अध्यक्षसहित ३३ जनाले दिए सामूहिक राजीनामा, रास्वपामा प्रवेश गर्दै

बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् ।

 

अध्यक्ष तुल्सी थारूले पछिल्लो समय पार्टीको नेतृत्व तहबाट गरिएका कतिपय निर्णय, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भीर असहमति जनाउँदै राजीनामा दिएको बताए ।

 

कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस आफूहरूले गरेको उनले उल्लेख गरे । त्यसैले यस पार्टीमा बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने निष्कर्षमा पुगेको थारूले बताए ।

 

यही पुस १९ गतेदेखि लागु हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको उनले जानकारी गराए ।

 

सोमबार (पुस २१) नाउपाका पूर्वपदाधिकारी र थरूहट/थारूवान संयुक्त संघर्ष समितिसहित आफूहरू रास्वपामा समाहित हुने उनले बताए ।

 

राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारूसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारू, महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायत नेता–कार्यकर्ता छन|

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार