३१ भदौ २०८३, बुधबार

प्रथम बर्दघाट एक्सपोःसंस्कृतिसगै आर्थिकोपाजर्न

उद्योग व्यापार संघ बर्दघाटद्धारा माघ १३ देखि सञ्चालन भईरहेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ केहि समुदायकालागि संस्कृति संरक्षण सगै आर्थिकोपार्जन मूल स्थान बनेको छ । एक्सपोमा विभिन्न जातजातिका भेषभुषा, पहिरन, खानपान, जिवनयापनकालागि प्रयोग गरिने लोपउन्मुख सामाग्रि देखाऊने थलो र सामाग्रि, रितिरीवाजबारे शिक्षा लिन आउने स्थानिय पर्यटकलाई जातिय परिकार पस्केर आम्दानी समेत गर्दै आएका छन । एक्सपोभित्र थारु, मगर, गुरुङ्गलगायतका जातिहरुले आ(आफ्नो पहिचान झल्कने घरहरु बनाएर दर्शक तानिरहेका छन भने घर तथा घरमा प्रयोग हुने समाग्रि लगायतका बस्तुहरु आन्तरिक पर्यटकको रुचाईमा परेको छ ।
थारुजातिको पहिचान झल्काऊने घर तथा घरमा आवस्यक समाग्रिको जोहो ब्रम्हबाबा सामाजिक विकास प्रतिष्ठान र सम्झना आमा समूहले गरेको छ । उनिहरुले थारु भान्साघर सञ्चालन गरेका छन । थारु भान्सा घरमा घाेंगि, चिचर, माछा, ठेकुवा लगायतका परिकार बेचेर आम्दानी गरेका छन । सम्झना आमा समूहका अध्यक्ष रमिता चौधरीले परम्परागत परिकार पस्केर आर्थिकोपार्जनकागि एक्सपो बरदान सावित हुने बताऊनुभयो । त्यस्तै ब्रम्हबाबा सामाजिक बिकास प्रतिष्ठानका अध्यक्ष आशाराम चौधरीले पहिलो पटक मेला महोत्सवमा आएको र आफुहरु सन्तोषजनक व्यापार गरिरहेको बताऊदै यो परिकार तथा संस्कृति देखाएर निरन्तर आम्दानीको श्रोत बनाऊन होमस्टेको अवधारणा तयार गर्न आग्रह स्थानिय सरकारलाई गर्नुभयो ।
त्यस्तै एक्सपोमा मगर जातिको पहिचान झल्कने घर तथा परिकारको व्यवस्था नेपाल मगर संघ, बर्दघाट नगरसमितिले गरेको छ । मगर जातिको पहिचान र संस्कृति लोप हुने अवस्थामा रहेको र युवा अवस्थाले आफ्नो पहिचान देखाऊन असहज मान्न थालेका कारण यस एक्सपोमा मगर जातिले प्रयोग गर्ने पुरानो कुडुले घर र त्यसमा प्रयोग हुने समाग्रिहरु एक्सपोमा राखिएका छन । मगर जातिको परिकारहरु विषेशगरि बटुक, सेलरोटी, बंगुरको सेकुवा, बंगुरको भुटुवा बेचेर आम्दानि गरिएको छ । मगरजातिले आफ्नो पहिचान झल्कने परिकारहरु बिर्सदै गएका कारण पनि यस एक्सपोले पुनःजातिय परिकारलाई परिचित गर्न सहज भएको झम बहादुर सारु मगरले बताऊनुभयो ।
त्यस्तै एक्सपोमा रहेको अर्को आर्काषकको केन्द्र बनेको गुरुङ्ग जातीको कला संस्कृति र पहिचान झल्कने घर र परिकार रहेको छ। तमु प्ये ल्हुँ संघ जिल्ला अध्यक्ष बिरबहादुर गुरुङ्गले हाम्रा पुर्खाले प्रयोग गर्ने सामाग्रि, परिकार अहिलेका पुस्तालाई देखाऊदै शिक्षा प्रदान गर्न यस एक्सपोमा गुरुङ्ग जातिले बस्नकालागि बनाऊने गोलोघर, हलो जुवा,ढिकी, मौरीको घार, स्याखु, डोको, थुन्से, सिप्रिङ्ग जस्ता सामाग्रि तथा परम्परागत परिकारहरुमा मानेरोटी, बुटक, सेलरोटी राखिएको बताऊनुभयो ।
एक्सपोको घरेलु, पर्यटन, कृर्षि उत्पादन उपसमिति संयोजक खुमाकान्त न्यौपानेले समुदाय विषेश विभिन्न किसीमाको परिकारहरु पस्केर जाति विशेषलाई एउटा प्रदर्शनी मात्र नभई शिक्षाको थलोको रुपमा अगिडी बढाईराखेको हुनाले एक्सपो भित्र पनि ेि रमाईलो मात्र नभई शिकाईको केन्द्र साथै आम्दानीको श्रोतमा बृद्धि गर्ने लक्ष्य राखिएकोले लक्षित समूदाय परिकारको पहिचानको रुपमा अगाडी सारिएको बताऊनुभयो ।
आजको सांगितक कार्यक्रम तर्फ गायक रमेश राज भट्टराई, गायिका लक्ष्मी बस्नेत, गायक डोलराज न्यौपाने, गायक दिपक दर्लामीले दर्शकहरुलाई झुमाऊनु भएको थियो भने भोलीका कलाकारहरुमा गायक रमेशराज भट्टराई, गायिका लक्ष्मी बस्नेत, गायक डोलराज न्यौपाने, गायक दिपक दर्लामीको रहने सांस्कृतिक उपसमिति संयोजक मोहन सापकोटाले जानकारी दिनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार