• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ग्लोबल एजुकेशन मोबिलिटी र वर्तमान चुनौतीहरूबारे ECAN को आधिकारिक धारणा

  •  संवाददाता
  • २०८२ फाल्गुन १२, मंगलवार ११:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले ग्लोबल एजुकेशन मोबिलिटी (Global Education Mobility) को वर्तमान अवस्था, यससँग सम्बन्धित चुनौतीहरू तथा नेपाली विद्यार्थीको सुरक्षित भविष्यबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

    काठमाडौंमा आयोजित प्रेस मिटमा ECAN ले वैदेशिक शिक्षा परामर्श क्षेत्रलाई पारदर्शी, जिम्मेवार र कानुनी ढाँचाभित्र राख्दै अघि बढाउनु आवश्यक रहेको स्पष्ट पारेको हो।

    कार्यक्रममा ECAN का प्रथम उपाध्यक्ष बासु देव दाहाल ले स्वागत मन्तव्य व्यक्त गर्दै संघ मुनाफारहित, गैर–सरकारी संस्था भएको र सदस्य संस्थाहरूको हकहित संरक्षण गर्नुका साथै विद्यार्थी तथा अभिभावकको विश्वास कायम गर्नु नै ECAN को मूल उद्देश्य रहेको बताए।

    प्रेस मिटमा बोल्दै ECAN का अध्यक्ष Laxman Poudel (Andrew) ले ग्लोबल एजुकेशन मोबिलिटी नेपाली विद्यार्थीको करियर, सीप विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे। उनले भने, “यो क्षेत्रलाई दोषारोपणको माध्यम होइन, सहकार्य, नियमन र कानुनी प्रक्रियामार्फत सुदृढ बनाउन आवश्यक छ। ECAN विद्यार्थी, अभिभावक र राज्य सबैको विश्वास कायम राख्ने दिशामा प्रतिबद्ध छ।”

    प्रेससँगको अन्तरक्रियामा ECAN का तत्कालीन पूर्व अध्यक्ष Seshraj Bhattarai ले वैदेशिक शिक्षा परामर्शदाता संस्थाले राज्यले निर्धारण गरेको अनुमति प्रणाली अन्तर्गत रहेर केवल सहजीकरणको भूमिका मात्र निर्वाह गर्ने स्पष्ट पारे। कुनै कन्सल्टेन्सीले भ्रामक सूचना दिएको वा अवैध शैक्षिक संस्था सिफारिस गरेको प्रमाणित भएमा त्यसको जिम्मेवारी सम्बन्धित संस्थाकै हुने उनले बताए। तर विद्यार्थीको व्यक्तिगत निर्णय वा परिस्थितिको सम्पूर्ण दोष परामर्शदातामाथि थोपर्नु कानुनी र व्यावहारिक रूपमा न्यायसंगत नहुने उनको धारणा थियो।

    ECAN ले संयुक्त अरब इमिरेट्स (UAE) लगायतका मुलुकहरू ग्लोबल एजुकेशन मोबिलिटीका उदीयमान गन्तव्यका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै वैध रूपमा सञ्चालनमा रहेका परामर्शदाता संस्थामाथि प्रशासनिक जटिलताका कारण अनावश्यक दोषारोपण हुनु अनुचित हुने जनाएको छ।

    प्रेस मिटमा ECAN का अधिकांश केन्द्रीय तथा बोर्ड कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग ग्लोबल एजुकेशन मोबिलिटी र वर्तमान चुनौतीहरूबारे खुला छलफल तथा पत्रकार अन्तरक्रिया सत्र समेत सञ्चालन गरिएको थियो।

    संघले राज्य, नियामक निकाय, राजदूतावास तथा शैक्षिक संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिँदै निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया पालन गर्न आग्रह गरेको छ।

    ECAN ले आचारसंहिता, स्पष्ट शुल्क संरचना, लिखित सेवा सम्झौता र पारदर्शी सञ्चालन प्रणालीमार्फत विद्यार्थी तथा अभिभावकको हक सुरक्षित गर्न प्रभावकारी गुनासो समाधान संयन्त्र कार्यान्वयनमा ल्याइसकेको जनाएको छ।

    प्रेस मिट ECAN का प्रथम सचिव सुरज सिलवाल को संयोजनमा सम्पन्न भएको हो।

    Post Views: 205

    प्रकाशित मिति: २०८२ फाल्गुन १२, मंगलवार ११:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.