• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

  •  संवाददाता
  • २०८३ बैशाख २, बुधबार १४:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पश्चिम नवलपरासी, बैशाख २ / नवलपरासी सुनवल स्थित स्थित लुम्बिनी चिनी उद्योगलाई पुन: सरकारीकरण गरी सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाहरूले जोडदार माग गरेका छन् ।

    मुलुकका रुग्ण उद्योगहरू ब्युँताउने बहस चलिरहेका बेला, कौडीको भाउमा निजीकरण गरिएको यो उद्योगलाई सरकारले फिर्ता लिनुपर्ने वर्तमान बालेन सरकार’सँग ठूलोअपेक्षाका साथ आवाज उठाईएको छ ।

    चीन सरकारको सहयोगमा स्थापना भएको यो उद्योग २०६२ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा करिब ७ करोड रुपैयाँमा निजी क्षेत्रलाई बिक्री गरिएको थियो । “नवलपरासीको औद्योगिक इतिहासमा लुम्बिनी चिनी उद्योगको ठूलो महत्त्व छ।

    विगतमा गरिएको निजीकरणले न किसानलाई न्याय गर्यो, न औद्योगिक उत्पादनलाई नै सघाउ पुर्‍यायो । अहिले देशमा रुग्ण उद्योगहरूलाई पुनर्जीवित गर्ने बहस चल्दा यो उद्योगलाई पनि सरकारको मातहतमा ल्याएर नयाँ ढंगले चलाउनुपर्ने स्थानीयको माग जायज छ । संघीय सांसद, नरेन्द्र कुमार गुप्ता “अहिले देशमा रुग्ण उद्योग पुनर्जीवित गर्ने बहस चल्दा यो उद्योगलाई पनि सरकारी मातहत ल्याउनुपर्ने स्थानीयको माग जायज छ,” उहाँ भन्नुहुन्छ, “उखु किसानको हित र चिनीमा आत्मनिर्भर बन्नका लागि यो विषयलाई मैले संघीय संसद र मन्त्रालयमा जोडदार रूपमा उठाउनेछु।”

    स्थानीयका अनुसार, उद्योगपतिले बैंकबाट लिएको करोडौँको ऋण नवीकरण गर्नका लागि मात्र वर्षमा एक-दुई महिना उद्योग चलाउने र बाँकी समय बन्द गर्ने गरेका छन् । स्थानीय रवीन भट्टराई का अनुसार “हामीले सानैदेखि देखेको यो विशाल उद्योग अहिले उद्योगपतिको बैंकबाट ऋण निकाल्ने माध्यम मात्र बनेको देख्दा मन रुन्छ। निजीकरणपछि न यहाँका स्थानीयले काम पाए, न किसानले उखुको उचित मूल्य नै ।

    सरकारले ठूला सपना देखाउनुभन्दा पहिले भएका यस्ता उद्योगहरूलाई सरकारीकरण गरेर सञ्चालन गर्नुपर्छ। बालेन सरकार वा नयाँ आएका शक्तिहरूले यदि साँच्चै सुशासन र रोजगारीको कुरा गर्ने हो भने सुनवलको यो उद्योगलाई राज्यको हातमा ल्याउनुपर्छ।

    विगतमा सरकारी स्वामित्वमा रहँदा ८०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको यस उद्योगमा अहिले कर्मचारीको संख्या घटेर २०० मा सीमित भएको छ । “सुनवलको पहिचानसँग जोडिएको यो उद्योग निजीकरण भएपछि न यसले पूर्ण क्षमतामा काम गर्न सक्यो, न किसानले समयमा भुक्तानी नै पाए,” नगर प्रमुख बिमला अर्याल भन्नुहुन्छ, “नगरपालिकाले उद्योगका जग्गा र सम्पत्तिको संरक्षणमा सधैँ चासो राख्दै आएको छ। संघीय सरकारले यसलाई पुनः सरकारीकरण गरी आधुनिक व्यवस्थापनका साथ सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने उहाँ बताउनुहुन्छ।”

    लुम्बिनी चिनी उद्योगको वर्तमान अवस्थाले नेपालको निजीकरण प्रक्रियामा रहेका त्रुटिहरूलाई उजागर गरेको छ। एकातिर अर्बौँको सरकारी सम्पत्ति कौडीको भाउमा निजी क्षेत्रलाई सुम्पिनु र अर्कोतिर उद्योगले पूर्ण क्षमतामा काम नगर्दा हजारौँ किसान र मजदुरको भविष्य अन्योलमा पर्नुले सरकारीकरणको मागलाई थप बलियो बनाएको छ।

    सुशासन र उत्पादनलाई प्राथमिकता दिने दाबी गरेको वर्तमान सरकारका लागि यो उद्योगलाई पुनः सरकारी स्वामित्वमा ल्याएर मोडेल उद्योगका रूपमा सञ्चालन गर्नु एक ठूलो चुनौती र अवसर दुवै हो। यदि राजनीतिक हस्तक्षेपमुक्त व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगसहित उद्योग सञ्चालन गर्ने हो भने, यसले पश्चिम नवलपरासीको मात्र नभई मुलुककै आर्थिक समृद्धिमा कोशेढुङ्गा सावित हुने देखिन्छ।

    स्थानीय सुनवलबासीले भने उद्योगले सुनवल क्षेत्रमा हानिकारक दुर्घन्ध फैलाएको र दूषित पानी खोलामां छोडदा मानव स्वास्थ , खेतीपाती पर्यावरण र पशुचौपायाको स्वास्थ्यमां चरम असर पुर्याईरहेकोमां चीनी मिल हटाऊन माग गरीरहेका छन ।

    Post Views: 260

    प्रकाशित मिति: २०८३ बैशाख २, बुधबार १४:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.