• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटका धार्मिक-पर्यटन क्षेत्र प्रवर्द्धनमा नगरपालिका र सञ्चारकर्मीको सहकार्य: सञ्चारकर्मीले सुझाए बमोज़िम बजेट छुट्याइने

  •  संवाददाता
  • २०८३ बैशाख ८, मंगलवार २२:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दघाट/ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चारकर्मी र जनप्रतिनिधिबीच सहकार्य गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    बर्दघाट नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा सम्पन्न कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो।कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बर्दघाटका धार्मिक,सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूको स्थलगत अध्ययन तथा अवलोकन गरी आफ्नो प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए।
    कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए।उनले स्थानीयको सक्रिय सहभागितामा बर्दघाट चुरे उद्यान,पर्यापर्यटन पार्क लगायत सम्भावित पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण र पूर्वाधार विकासको काम अघि बढिरहेको जानकारी दिए।

    त्यसैगरी उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरपालिकाले पछिल्लो समय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम अघि बढाएको उल्लेख गरे। उनले दीगो पर्यटन विकासका लागि आवश्यक नीति, योजना र बजेट व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको बताए।
    प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सञ्चारकर्मीहरूको सुझावलाई उच्च महत्व दिँदै ती सुझावकै आधारमा आगामी दिनमा पर्यटन क्षेत्रका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए। उनले पर्यटन क्षेत्रको प्रचार-प्रसारमा सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखे।
    कार्यक्रममा नगर प्रवक्ता सन्तबहादुर गाहाले ओझेलमा परेका पर्यटकीय स्थलहरूको पहिचान र प्रवर्द्धनमा पत्रकारहरूले तथ्यमा आधारित सामग्री प्रकाशन गर्नुपर्नेमा जोड दिए।
    पत्रकार महासंघका निवर्तमान अध्यक्ष हरी शर्माले स्थानीय तहको बिकासमा स्थानीय सञ्चार माध्यमहरुले अतुलनीय भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिए।राज्यले मिडियालाई अङ्कुश लगाउन खोजेको बताउदै उनले श्रमजीवी पत्रकार हखित र सञ्चार माध्यमको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको समेत रहेको उल्लेख गरे।

    बर्दघाटका पर्यटकीय स्थलहरूको संरक्षण,व्यवस्थापन र डिजिटल माध्यममार्फत प्रभावकारी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनमा सहकार्य र साझा पहललाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    Post Views: 66

    प्रकाशित मिति: २०८३ बैशाख ८, मंगलवार २२:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान
    ताजा अपडेट
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ३. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ४. बर्दघाटका धार्मिक-पर्यटन क्षेत्र प्रवर्द्धनमा नगरपालिका र सञ्चारकर्मीको सहकार्य: सञ्चारकर्मीले सुझाए बमोज़िम बजेट छुट्याइने

    • ५. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    चर्चित
    • १. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    • २. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ३. रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा काठमाडौंमा अत्याधुनिक सुविधासहितको नयाँ कार्यालय र लर्निङ सेन्टरको भव्य उद्घाटन

    • ४. बर्दघाटका धार्मिक-पर्यटन क्षेत्र प्रवर्द्धनमा नगरपालिका र सञ्चारकर्मीको सहकार्य: सञ्चारकर्मीले सुझाए बमोज़िम बजेट छुट्याइने

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.