३० अशोज २०८३, शुक्रबार

काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

निर्माण क्षेत्रमा संलग्न मजदुरहरुको संगठन काउन-नवलपरासीको अध्यक्षमा गम वहादुर गुरुगं सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
आज सुनवलमा सम्पन्न भएको नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संध (काउन)को आठौ जिल्ला अधिवेशनबाट गुरुग अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
यसै गरि अधिवेशनबाट विजुली हरिजन उपाध्यक्ष, तुलसा थापा महिला उपाध्यक्ष, नरेश पत्थरकट्टा सचिब , विमल ढकाल कोषाध्यक्ष, टंकनाथ पोखरेल सह सचिव, , दिपु कहार सह कोषाध्यक्ष र भिख्खु प्रसाद चौधरी, लिलावल्ला खनाल, मोहननाथ कवर सर्वसम्मत रुपमा सदस्यमा पदमा निर्वाचित हुनु भएको छ

कार्यक्रममा निर्माणकार्यमा संलग्न हुदैगर्दा दुर्घटनामा परि घाईते भएका श्रमिक शिवपुजन पासवाल श्रमिक उर्मिला चौधरी, श्रमिक टिल्लु धरिकार, श्रमिक सजन थापालाई विमाक्षतिपूर्ति वापतको करिव १ लाख वढि रकम समेत प्रदान गरिएको थियो ।
काउनका जिल्ला अध्यक्ष केशवनाथ कवरयोगीको अध्यक्षता एवं काउनका पूर्व केद्रिय अध्यक्ष जेवी गुरुगको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथीहरुमा काउन केनिद्रय वरिष्ठउ पाध्क्ष ओमप्रकास चौधरी, नेपाल टेडयुनियन काँग्रेस जिल्लाअध्यक्ष ज्ञानहरी अर्यालय , काउन केन्द्रीय उपाध्यक्ष धर्मदत्त चापागाई ट्रेडयूनियन प्रदेश सदस्य सुविन्द्रनाथ कवरयोगी, पत्रकार महासंघका पूर्व उपाध्यक्ष नारायण सुवेदी, काउन प्रदेश कोषाध्यक्ष राजेन्द्र कवर, काउन प्रदेश सदस्य कृपाने चौधरी, काउन सुनवल नगर अध्यक्ष दशरथ प्रसाद चौधरी, काउन रामग्राम अध्यक्ष राजेन्द्र हरीजन, श्रमिक संघ जिल्ला अध्यष देवी प्रसाद चौधरी एवं अथितीहरु प्ंचराम कुईरी, लिलावल्ला खनाल , खडक वहादुर थापा लगायतको उपस्थीती रहेको थियो ।
यसै साथ काउन सुनवल नगर समितिको आजै सम्पन्न ११औ अधिवेशनबाट पूनः दशरथ प्रसाद चौधरी नेतृत्वको नया नगर कार्यसमिति समेत र्निविरोध चयन गरीएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार