• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

  •  संवाददाता
  • २०८३ जेष्ठ ८, शुक्रबार १८:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, काठमाडौँस्थित श्रीलङ्काली दूतावासले ‘सलोन चियामा उत्कृष्टताको १५९ वर्ष’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय चिया दिवस २०२६ भव्य रूपमा मनाएको छ। नेपालका लागि श्रीलङ्काली राजदूत रुवान्थी देल्पितियाको औपचारिक निवासमा २१ मे २०२६ मा आयोजित उक्त विशेष समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरू, चिया क्षेत्रका व्यवसायी तथा प्रतिष्ठित अतिथिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी देल्पितियाले सलोन चियाको ऐतिहासिक महत्त्व र नेपाल–श्रीलङ्का सम्बन्धबारे प्रकाश पार्नुभयो। उहाँले आफ्नो सम्बोधनका क्रममा भन्नुभयो, “सलोन चिया (Ceylon Tea) केवल एक पेय पदार्थ मात्र होइन, यो श्रीलङ्काको पहिचान, गुणस्तर र विश्वव्यापी विश्वसनीयताको प्रतीक हो। आज हामी यसको १५९ वर्ष लामो गौरवशाली यात्रा मनाइरहेका छौँ।”

    अन्तर्राष्ट्रिय चिया दिवस २०२६ को विश्वव्यापी नारा ‘चियाको दिगोपन, समुदायको उत्थान’ लाई स्मरण गर्दै राजदूत देल्पितियाले थप्नुभयो, “श्रीलङ्का चिया उत्पादनमा दिगोपन, नैतिक अभ्यास र चिया बगानमा श्रम गर्ने समुदायको कल्याणका लागि पूर्ण रूपमा प्रतिबद्ध छ। नेपाल र श्रीलङ्काबीचको मैत्रीपूर्ण सम्बन्ध, आतिथ्यता र सांस्कृतिक सामीप्यतालाई चियाले थप बलियो बनाएको छ।”

    यसै क्रममा दूतावासका कमर्सियल अफिसर विवेक वोस्तीले श्रीलङ्काको चिया उत्पादन, यसका क्षेत्रगत विशेषता र निर्यातको महत्त्वबारे एक कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्र प्रस्तुत गर्दै वोस्तीले भन्नुभयो, “श्रीलङ्काका सात फरक भौगोलिक क्षेत्रमा उत्पादित चियाको स्वाद, बास्ना र विशेषता अद्वितीय छन्। उच्च गुणस्तरको मापदण्ड र अर्गानिक उत्पादनका कारण नै सलोन चियाले विश्व बजारमा आफ्नो अलग्गै साख जोगाउन सफल भएको हो।”

    कार्यक्रममा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO) को अन्तरसरकारी समूह (IGG) द्वारा जारी गरिएका आधिकारिक सामग्री तथा भिडियोहरू प्रदर्शन गरिएको थियो। सो अवसरमा आमन्त्रित अतिथिहरूलाई श्रीलङ्काका सातवटै क्षेत्रका रैथाने चियाका स्वादहरू चखाउनुका साथै विभिन्न चियाका ग्रेडहरू र जडीबुटीयुक्त चियाको प्रदर्शनी गरिएको थियो।

    कार्यक्रमको अन्त्यमा आमन्त्रित पाहुनाहरूले श्रीलङ्काली रैथाने परिकारका साथमा चिया र चियाबाट बनेका विभिन्न ‘मकटेल’हरूको स्वाद लिँदै व्यावसायिक नेटवर्किङ गरेका थिए। विश्वप्रसिद्ध ब्रान्ड ‘दिल्मा’ (Dilmah) ले समेत आफ्ना विभिन्न विधाका उत्कृष्ट चिया उत्पादनहरू सो कार्यक्रममा प्रदर्शन गरेको दूतावासले जनाएको छ।

    Additional News 

    English News 

    Post Views: 180

    प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार १८:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.