२९ अशोज २०८३, बिहिबार

सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

 

सुनवल/ असार ५

सुनवल नगरपालिका वार्ड न –१ स्थित पुरानो गाविस भवनबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको सुनवल आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन निर्माण कार्यको आज नगर प्रमुख बिमला अर्यालद्वारा शिलान्यास भएको छ।

आज शिलान्यास भई निर्माण सुरु गरीएको भवन निर्माणको जिम्मा रूपन्देही स्थित नेशनल कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

कम्पनीले उक्त निर्माण कार्यको ठेक्का रु. १ करोड ४  लाख ११ हज़ार ४ सय ६७ रुपैयामा हात पारेको सुनवल नगरपालिका इंजिनियर दिनेस गुप्ताले जानकारी दिनु भएको छ। सम्झौताअनुसार निर्माण ब्यवसायीले भवन निर्माण कार्य २०८४ असार १५ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ।

भवनको शिलान्यास गर्दै सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला आर्यालले विगत देखी सीमित भौतिक पूर्वाधारका कारण स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ हुने गरेको स्मरण गर्दै नयाँ भवन निर्माणपछि सेवाग्राहीले थप सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।नागरिकको स्वास्थ्लाई नगरपालिकाले प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार विकास र सेवा विस्तारका कार्यक्रमलाई भविष्यमा पनी निरन्तरता दिइने बताउनू भयो

स्थानीयवासीले पनि नयाँ भवन सञ्चालनमा आएपछि स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा व्यक्त गरेका छन्। नयाँ भवन निर्माणसँगै आधारभूत स्वास्थ्य सेवाको प्रभावकारिता बढ्ने र सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास नगरपालिकाले गरेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार