• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

  •  संवाददाता
  • २०८३ असार ७, आईतवार ०७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    त्रिवेणी-नवलपरासी/ आरपि उपाध्याय

    ६- असार / पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ को शिवपुरगढीमा आयोजित एक सर्वपक्षीय भेलासहितको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले त्रिवेणी क्षेत्रमा रहेका वडाहरुमा राज्यले कडा हेपाकाको प्रवृत्ति बढाएको बताएका छन।

    उनीहरूले विनयी त्रिवेणी वडा न.६ र ७ का नागरिकलाई राज्यबाट दिइने नागरिकता,राहदानी,राष्ट्रिय परिचयपत्र र जग्गा सम्बन्धि कामको लागि जिल्ला मुख्यालय कावासोती धाउनपर्ने र सो कार्यको लागि दाउन्ने पहाड पार गरी जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने धारणा राखेका थिए।

    अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्नेहरुले संविधान संशोधन गरेर भएपनि ती दुई वडालाई लुम्बिनी प्रदेशमा समावेश गर्ने माग राख्दै हालको सुस्ता गाउँपालिकामा त्रिवेणी क्षेत्रमा रहेको २ ओटा वडालाई समावेश गरी त्रिवेणी सुस्ता गाउँपालिका नामाकरण गर्न पनि सुझाव दिए।

    नेपालको संविधानमा नवलपरासी बर्दघाट सुस्ता पुर्व र पश्चिम रहेकोमा विनयी त्रिवेणीको वडा न.६ र ७ लाई पुर्वी नवलपरासीबाट मुक्त गरी पश्चिम नवलपरासीमा समावेश गर्नुपर्ने माग राख्दै हाल देखापरेको कठिनाईको अन्त्य गरी नागरिकलाई न्याय गर्न नेपाल सरकार संग माग गरिएको थियो।

    त्रिवेणीबाट जिल्ला मुख्यालय कावासोतीमा सेवासुविधा लिन ६५ किलोमिटरको दुरी पार गरी जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि उनीहरूले आफ्नो भनाइ राखेका थिए।
    आफ्नो माग पूरा गर्न त्रिवेणीका नागरिकहरु अब चरणबद्ध आन्दोलन गर्ने तयारी पनि गर्दै जाने बताउदै पहिलो चरणमा वडा कार्यालय र गाउँपालिकामा ध्यानाकर्षणका लागि प्रतिनिधि मण्डल जाने तथा पालिकाको सिफारिस लिइ प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गरिने पनि अन्तरक्रिया कार्यक्रममा बताइएको थियो।

    दुई तिहाईको बहुमत लिइ बनेको वर्तमान सरकारले त्रिवेणी क्षेत्रका नागरिकको पीडा सम्बोधन गर्न पुर्वी नवलपरासी क्षेत्र न. २ का सांसद मनिष खनाल र पश्चिम नवलपरासी क्षेत्र न.१ का सांसद बिक्रम खनाललाई आफ्नो पीडा सुनिदिन आग्रह गर्ने बताउदै छिट्टै उल्लेखित सासदहरु संग प्रत्यक्ष भेटघाट सहित अन्तरक्रिया गर्ने तयारी भइरहेको पनि उनीहरूले जानकारी दिएका छन।

    सो अवसरमा राज्य र राज्यबाट निर्देशित नियम,कानुन नागरिकको पक्षमा हुनुपर्नेमा त्रिवेणीको जनता सबै तिरबार ठगिएको हुँदा अब ठगिने कार्य सदाको लागि अन्त्य हुनुपर्ने माग पनि अन्तरक्रियामा उठेको थियो।

    आफुहरुको माग सम्बोधन गर्नका लागि विनयी त्रिवेणी वडा न.६ र ७ का वडा अध्यक्ष सहित छिट्टै एक प्रतिनिधि मण्डल पालिका मुख्यालय दुम्किबास र जिल्ला मुख्यालय कावासोती प्रदेश र संघीय सरकार समक्ष प्रतिनिधि मण्डल जाने तयारी भइरहेको पनि जानकारीमा आएको छ।

    पीडित नागरिकहरु आफ्नो माग पूरा नभए बर्दघाट स्थित पुर्व पश्चिम राजमार्ग बन्द गर्ने तथा काठमाडौं स्थित माइतीघर मण्डलामा अनशन गर्ने जानकारी पनि प्राप्त भएको छ।

    अन्तरक्रिया कार्यक्रममा वडा न.६ को वडा अध्यक्ष नुरेन्द्र शाह,वडा न.७ का वडा अध्यक्ष उमेश कार्की, नागरिक अगुवाहरु निरन्जन थापा,भेषराज खनाल,प्रकाश कुवर,वीर बहादुर ठकुरी, राजकुमार जैसी,ज्ञान बहादुर,धिरज थापा,दिपक कुवर,शोभा क्षेत्री,गोपाल पाठक,विश्वमर्दन शाह सहित दुई दर्जन व्यक्तिहरुले आफ्नो धारणा सहित सुझाव दिएका थिए।

    Post Views: 349

    प्रकाशित मिति: २०८३ असार ७, आईतवार ०७:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.