२९ अशोज २०८३, बिहिबार

नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

 

नवलपरासी (ब.सु.प.) प्रहरीले अवैध रूपमा लुकाइछिपाइ राखिएका करिब रु. २७ लाख ११ हजार ५ सय ५८ बराबरका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) तथा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दघाट नगरपालिका–११, गेँडहा क्षेत्रको भित्री सडकखण्ड मा बाटोछेउमा लुकाइ राखिएको अवस्थामा उक्त सामान फेला पारेको हो।

बरामद गरिएका सामानमा मोबाइल टेम्पर ग्लास ४७ कार्टुन (२३ हजार ५०० पिस) र हुक्कामा प्रयोग हुने फ्लेभर ३२ कार्टुन (९५४ प्याकेट) रहेका छन्।

प्रहरीका अनुसार बेवारिसे अवस्थामा फेला परेका ती सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको छ।
#highlightseveryone #fypシ

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार