नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)/

नवलपरासीको स्ता गाउँपालिका-३ पथ्थरकलास्थित भित्री सडकखण्डबाट प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको शालिग्राम पत्थर बरामद गरेको छ।
प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले भन्सार छली चोरी-निकासी गर्नका लागि बेवारिसे अवस्थामा राखिएका ८०१ थान शालिग्राम ढुङ्गाहरू फेला पारेको हो।
बरामद गरिएका शालिग्रामको अनुमानित मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ।
नेपालबाट अवैध रूपमा भन्सार छली भारततर्फ लैजान लागिएको उक्त शालिग्रामलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।



