• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रमुख राजनीतिक दल बाटै प्रहार : मानव अधिकारबादी अभियन्ता पहाडी

  •  
  • २०७९ पुष २९, शुक्रबार ०९:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी जिल्ला शाखाको आतिथ्यतामा आजबाट दलित पञ्चकन्याद्वारा उद्घाटन गरी भूमहीमा प्रारम्भ भएको छ । विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति भन्ने मूल आह्वानसहित प्रारम्भ भएको राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०६३ /सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको धारणा व्यक्त गर्नुभयो ।

    दण्डहीनतालाई बढावा दिएका कारण लोकतान्त्रिक मुल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको र यसमा प्रमुख राजनीतिक दल र शिर्ष नेताहरु नै दोषी रहेको पहाडीले बताउनुभयो । उद्घाटन सत्रमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा एमालेका डोलराज भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशिल बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा कवि अर्जुन पराजुली र सुदेश सत्यालले कविता समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजको काठमाण्डौ शाखालाई वर्ष २०७८–७९ को उत्कृष्ट शाखाका रुपमा र गत वर्ष सफलताका साथ राष्ट्रिय परिषद् बैठक आतिथ्यता गर्ने कपिलवस्तु शाखालाई प्रशंसापत्र प्रदान गरिएको थियो । य सैगरी आजै गते दिउँसो भूमहीमा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति र्याली सम्पन्न भएको थियो भने साझँ शान्ती काव्य कार्यक्रम समेत सम्पन्न भएको थियो । २५ औ राष्ट्रीय परिषद बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि र पर्यवेक्षक गरि करिव तीन सय जनाको सहभागिता रहेको छ ।

    उद्घाटन कार्यक्रम मानव अधिकार तथा शान्ती समाज केन्द्रीय समित सभापति गोबिन्द खनालको अध्यक्षता मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीको स्वागत र नवलपरासी जिल्ला सभापति गणेश न्यौपानेको सञ्चालनमा भएको थियो । साथै समाजले भोलि आगामी २ बर्षका लागी नयाँ नेतृत्व समेत चयन गर्ने मानव अधिकार तथा शान्ती समाज नवलपरासीका सचिव शिव प्रसाद पौडेलले बताउनु भयो ।

    Post Views: 150

    प्रकाशित मिति: २०७९ पुष २९, शुक्रबार ०९:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.