३१ भदौ २०८३, बुधबार

बुधवार देखी सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुदै

पश्चिम नवलपरासी । अगामी बुधवार देखी पश्चिम नवलपरासीको सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ सुरु हुने भएको छ । सुनवल ४ स्थित महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको आयोजनामा माघ ४ देखी ६ गते सम्म खेलकुद प्रतियोगिता आयोजना गरीएको हो । सोमवार पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव्ां संयोजक ज्ञानहरी अर्यालले खेलकुद कार्यक्रमसगैँ खाना महोत्सव र विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । बिद्यालय प्रति समुदायकों चासो बढ़ाउन विभिन्न जातजाति तथा विद्यार्थीका खाना परिकारका स्टल र स्थानीय कलाकारको प्रस्तुति राखिएको अध्यक्ष अर्यालले बताए ।

अध्यक्ष अर्यालका अनुसार राष्ट्रपति रनिङ्ग शिल्ड अन्र्तगत विभिन्न दुरीको दौड, हाई जम्प, लङ्ग जम्प, ट्रिपल जम्प, सटपुट, भलिवल, कबड्डि, ज्याभ्लिन थ्रो, तेक्वादो, कराते, लगायत १७ प्रकारका छात्रछात्रा दुवैका लागि छुट्टाछुट्टै गरी ३४ खेल सञ्चालन हुने छ । उत्कृष्ट खेलाड़ीलाई जिल्ला हुदैँ रास्ट्रियस्तरमा खेलाइने ब्यवस्था जिल्ला खेलकूद बिकास समितीले गर्ने बिद्यालयले जनाएको छ । सोही अवसरमा स्थानिय नगरवासीका लागि छुट्टै ३ हजार मि.को दौड प्रतियोगिता पनि राखिएकोले सो प्रतियोगितामा सहभागि हुन र अन्य कार्यक्रम अवलोकन गर्न सम्पुणर् नगरवासी तथा खेलप्रेमीहरुलाई अध्यक्ष अर्यालले आह्वान पनि गरेका छन् ।

नगरभित्र क्षमतावान् खेलाडी उत्पादन गर्ने तथा खेल क्षेत्र र खेलाडीको विकासका लागि विभिन्न अवसरहरुको सिर्जना र उपयोग गर्न प्रतियोगिताले सहयोग गर्ने अपेक्षा लिइएको प्रधानाध्यापक एवं खेल संयोजक खेमलाल जोशी शर्माले बताए ।
गत वर्ष धान्याञ्चल माविले नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेकोमा यस वर्ष महाकवि देवकोटा नमूना माविले प्रतियोगिता आयोजना गरेको होे । प्रतियोगितामा नगरभित्रका विद्यालयबाट कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार