• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कविता -नपढेको भए ठुलै मान्छे बन्थे

  •  
  • २०७९ माघ २१, शनिबार ०९:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    मेरो बाले बेस्सरी झुक्याउनु भयो।
    पढ बाबू
    ठूलो मान्छे भइन्छ भनेर
    सत्य बोल
    अन्त्यमा जित हुन्छ भनेर
    पर्ख
    पालो आउँछ भनेर

    पढ बाबू ठूलो मान्छे भइन्छ भनेर
    खुरुक्क मानें ।
    पढें ।
    मास्टर बनें ।
    चस्मा पनि लगाएँ ।
    सस्तो सामन रोजें
    आदर्शवान बन्न ।
    थुप्रै निशुल्क सेवा गरेँ
    धर्म कमाउन ।
    यो जुनी खाते नै भए पनि
    अर्को काल्पनिक जुनी खत्रै राम्रो बनाउन ।

    आज
    खानेपानीमा बिल तिर्न लाइनमा बस्छु ।
    वन कार्यलयमा काठ किन्न ।
    तर पनि पाउँदिन ।
    विद्युत् कार्यलयमा पैसो तिरी
    भनेको समयमा विद्युत् जडान हुँदैन ।
    अस्पतालमा पालो कुर्छु ।
    जचाउँन पाउँदिन ।
    किनकि म पाए तीन
    नपाए चार महिनामा
    निस्तो तलब पाउने
    अस्थायी मास्टर भएछु ।
    तसर्थ
    खुरुक्क तिर्न
    नगद छैन
    थर्काउने
    तागत छैन
    फोन गर्न
    नेता छैन ।

    संघमा छैन ।
    संगठनमा जोडिएको हैन ।
    मोर्चामा बाँधिएको छैन ।
    फोरमको सदस्य होइन ।
    मन्चमा बोलाइएको छैन ।
    चिनजान छैन ।
    सोर्सफोर्स लाग्दैन ।
    टेर्दैनन् ,
    मान्दैनन्,
    गन्दैनन।
    मेरो
    कामै बन्दैन ।
    मेरो आवाजै सुनिदैन
    किनकि
    म
    व्याचसहित मन्चमा हुन्न ।
    माइक समाउन्न ।
    थुतुनो खेलाउन्न ।
    सल्लाहकार,
    सन्चालक,
    कार्यसमिति
    भातृसंगठन
    भगिनी संस्था
    कहीँ पनि पर्दिन
    किनकि
    म निस्तो मास्टर बनेँ ।

    घर मेरो बास्तर
    कुर्ची नभई बस्दैन मास्टर
    भन्ने लोक गीत
    पुरानो जमनाको मात्रै रहेछ
    म बिना कुर्ची पनि बस्छु
    किनकि
    म हेड मास्टर होइन ।
    म सहायक हेड सर होइन
    संयोजक परिन
    शिक्षक प्रतिनिधिमा छानिएन
    चाकडी
    चाप्लुसी
    गर्नै सिकिएन
    तसर्थ जानिएन ।

    मेरो दलबल छैन
    मेरो ज्याक चल्दैन
    मेरो पावर छैन ।
    मेरो सोर्स चल्दैन ।

    त्यसैले
    विद्यार्थीले टेर्दैनन्
    अभिभावकले गन्दैनन्
    समाजले पत्याँदैन
    सत्कार चाहिएन
    माया अनि सहानुभूतिसम्म पनि पाइएन
    किनकि म सानो ‘त्यो’ मास्टर भएँ ।

    बाले भनेको नटेरेको भए,
    आमाले भनेको नमानेको भए,
    बाजेले भनेको वेवास्ता गरेको भए,
    बजैले भनेको नसुनेको भए,
    सायद म आज
    पढाइको पछि लागेर
    स्कुलको धरालो भएरव
    मास्टर होइन
    नेताको पछि लागेर
    दश वटा संस्थाको
    सदस्य,
    अध्यक्ष,
    सल्लाहकार,
    प्रशिक्षक,
    समाजसेवी,
    बुद्धिजीवी,
    पत्रकार,
    निर्देशक,
    शिक्षाप्रेमी,
    संरक्षक,
    राजदुत,
    या सांसद,
    मन्त्री,
    प्रधानमन्त्री,
    राष्ट्रपति
    या केही बन्थें !

    तर मेरा बाले बबालै झुक्याउनु भयो ।
    बाले जित्नु भयो।
    म हरेँ ।
    त्यसैले म मास्टर सास्टर भएँ ।
    उधारो खान्छु ।
    आश गर्छु ।
    दलाली गर्न मिल्दैन ।
    बदमासी गर्न मिल्दैन ।
    कमाउन मिल्दैन ।
    झुक्याउन मिल्दैन

    त्यसैले त म सानो मास्टर भएँ ।
    नपढेको भए
    ठूलो नेता बन्थेँ
    समाजसेवी हुन्थेँ ।
    खत्रै हुन्थेँ
    बबालै हुन्थेँ ।
    हरिप हुन्थेँ ।

    पुराण गुरुङ
    सुनवल-३, नदुवा, नवलपरासी

    Post Views: 272

    प्रकाशित मिति: २०७९ माघ २१, शनिबार ०९:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.