४ कार्तिक २०८३, मङ्लबार

सुनवल युनाइटेडले गर्यो जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम हुने छात्रालाई सम्मान

सुनवल ।सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुल सुनवल ४ नवलपरासीले जिल्ला स्तरीय मा.वि तहको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने विद्यालयकी छात्रा कृपा घिमिरेलाई विद्यालयमा आज एक कार्यक्रम बीच सम्मान गरेको छ ।

मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन नवलपरासीको आयोजनामा ‘प्राविधिक, संस्कारिक र गुणस्तरीय शिक्षा हाम्रो पहिचान, राष्ट्रीय शिक्षामा संस्थागत विद्यालयको योगदान’ शिर्षकमा भएको जिल्ला स्तरीय मा.वि तहको वक्तृत्वकला प्रतियोगितामा सहभागि १८ संस्थागत विद्यालय मध्य सुनवल युनाइटेडकी छात्रा घिमिरे प्रथम भएकी थिइन्।

विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक माया गुरुङ्गको सभापतित्व तथा प्रिन्सिपल एव प्याब्सन लुम्बिनी प्रदेशका सचिव धनराज चापागाईको प्रमुख आतित्थ्यतामा भएको सम्मान कार्यक्रममा चापागाईले धैर्यता, मिहिनेत र निरन्तर प्रयासले गर्दा हरेक क्षेत्रमा विद्यालयका विद्यार्थीहरुले सफलता प्राप्त गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा आयोजना हुने अतिरिक्त क्रियाकलापमा विद्यालयले सहभागी गराएको र बेला बेलामा प्रशिक्षण पनि प्रदान गर्दै आइरहेको बताउनु भयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार