
सुनवल ।लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नवलपरासीले आगामी चैत्र १५ गते भित्र जिल्लाका ६ पालिकामा अधिवेसन सम्पन्न गरी संगठन विस्तार गर्ने भएको छ । बर्दघाट ४ चिसापानीमा शुक्रवार सम्पन्न महासंघको तेस्रो बैठकले सो निणर्य गरेको हो ।

बैठकले यहि फागुन २० गते सरावल गाउपालिकामा अधिबेशन गर्ने र सो का लागि महासंघका सदस्य भेष नारायण चौधरी इन्चार्ज तोकेको संघका उपाध्यक्ष मन बहादुरथापा मगरले बताउनुभयो ।
यस्तै बर्दघाट नगरपालिकाको अधिबेशन यहि फागुन २७ गते हुने र टेकबहादुर बुढाथोकीलाई इन्चार्ज तोकिएको छ । चैत्र ३ गते रामग्राम नगरापलिकाको अधिबेशन सम्पन्न गर्न इन्चार्ज लोक बहादुर चौधरी र चैत्र ४ गते सुनवल नगरपालिकाको अधिबेशनका लागी महासंघका उपाध्यक्ष मन बहादुर थापा मगरलाई इन्चार्ज तोकिएको हो ।
यस्तै सुस्तामा चैत्र ११ गते र प्रतापपुरमा चैत्र १२ गते अधिवेसन गर्ने तयारी रहेको उपाध्यक्ष थापा मगरले जानकारी दिनुभयो । वैठकले महासंघ केन्द्रीय कमिटिको महाअधिबेसनको निम्ति २ जना महिला र ३ जना पुरुष गरी ५ जना प्रतिनिधि पनि छनोट गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष गोपाल सिंह आले मगरको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य एबम जिल्ला इन्चार्ज सुबोध जागृत बुढाथोकीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।



