१९ कार्तिक २०८३, बिहिबार

साहित्य परिषद् नवलपरासीको ६० औं मासिक घुम्ती शृङ्खला मोतिलालमा

पुराण ल्हेगे गुरुङ,सुनवल। साहित्य परिषद् नवलपरासीको ६० औं मासिक घुम्ती साहित्यिक शृंखला बैठक आज मोतिलाल बहुमुखी क्याम्पस, भुमहीमा सप्पन्न भएको छ । परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तिलक भट्टराईले संचालन गर्नु भएको साहित्यिक कार्यक्रममा साहित्यकारहरु अर्जुन भट्टराई, मैना सुवेदी, प्रेमबहादुर भुजेल, तुलसीराम पाण्डे, पुराण ल्हेगे गुरुङ, भविश्वर तिवारी, रविन शर्मा चापागाईं , बामदेव अधिकारीले कथा, कविता, गजल लगायत विविध लेख रचनाहरु वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले साहित्यक गतिविधिलाई अझै प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

सुनवल नगरपालिकाले साहित्य, भाषा, सँस्कृति र कलालाई प्रोत्साहन गर्न प्रयासरत रहेको अध्यक्ष डा न्यौपानेले जानकारी दिनुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार