• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट खजुरा खोलामा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्दै, डिपिआरको काम अन्तिम चरणमा

  •  
  • २०७९ फाल्गुन १५, सोमबार ११:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,नवलपरासी । पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढेको छ । बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले औद्योगिक ग्राम निर्माण कार्यलाई तीब्रता दिन पहल गर्नुभएको हो ।


    ‘माननीयज्यूको पहलमाअहिले नगरपालिकासँगको सहकार्यमा प्राविधक टोलीले निर्माण स्थलमा पुगेर आवश्यक सहजीकरणगर्ने काम भएको छ,’बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी भन्नुभयो, ‘प्राविधिकटोलीले अहिले यस अघि तयार गरिएको विस्तृत परियोजनाप्रतिवेदन (डिपिआर)लाई थप व्यवस्थित गर्नुका साथै आवश्यकताअनुसार परिष्कृत गर्ने काम भइरहेको छ ।’ प्राविधिक टोली सांसद चौधरीले पठाउनुभएको हो ।


    उद्योगपति समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले नवलपरासी १ मा औद्योगिकग्राम स्थापना गर्ने घोषणा गर्नुभएको थियो । चुनावी प्रतिवद्धता कार्यान्वयन गर्न औद्योगिकग्राम निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढेको र औद्योगिकग्राम निर्माणका लागि नगरपालिकाकालाई प्राविधिक सहयोगसँग आवश्यक अन्य सहयोग गर्ने सांसद चौधरीले बताउनुभएको छ ।


    प्राविधिक टोलीका संयोजक एवंम् मेकानीकल ईन्जीनियर एमएस ज्ञवालीका अनुसार औद्योगिकग्राममा उद्योगग्राम स्थल र आवाश स्थल आवश्यक पर्ने भएकोले विस्तृत सम्भाव्यता अध्ययन गरी नगरपालिका अघि बढ्नुपर्ने सुझाव दिएको जानकारी दिनुभयो ।

    यसैगरी लगानीकर्ताको अवस्था वारे सम्भायता अध्ययन पश्चात सना देखी ठुला उद्योग सम्म स्थापना गर्न मिल्ने गरी परियोजना अघि बढाउनुपर्ने शुझाव दिएको टोली संयोजक ज्ञवालीको भनाई छ ।


    यस अगावै औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)बनाउने कार्य सकिएको भएपनि उक्त डिपिआरलाई थप परिष्कृत गर्ने कार्य सहित अन्य प्राविधक व्यवस्थापन कार्यमा सांसद चौधरीले सहयोग गर्दै आउनुभएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।


    ‘नगरपालिकाले संरचना बनाएर पूर्वाधार उपलब्ध गराउने हो । आवश्यक पूर्वाधारका लागिनगरपालिकाले स्रोतको खोजीमा छ । पूर्वाधार बनाउने तर उद्योग सञ्चालननहुने हो भने नगरपालिकाको लगानी खेर जान सक्छ,त्यो भएर यस क्षेत्रमा उद्योग सञ्चालकरूलाई पनिअहिले देखि नै आह्वानगर्ने कार्य भईरहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो, ‘यो भन्दा पहिला पनि लगानी सम्मेलन गरेर औद्योगिकग्रामको अवधारणाअगाडि सारिएको हो । पचास वर्षको लक्ष्यराखेर औद्योगिक ग्रामको काम भईरहेको छ ।’


    डिपिआर अनुसार औद्योगिकग्राम पूर्वाधार निर्माणकालागि ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपियाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपियाँ, क्यान्टिनकालागि ५८ लाख ९० हजार ६ सय ४ रुपियाँ, सुरक्षागार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२, प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२, डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७ रुपैयाँखर्च हुने डिपिआरमा उल्लेख छ ।


    त्यस्तै गन्जेबोमा २ लाख ४७हजार ८ सय २६, चार वटा शौचालयका लागि १६ लाख ७२ हजार ३ सय ८३, गार्ड पोष्टमा १ लाख ४५ हजार ४ सय ९१, प्रवेशद्धार ६ लाख २९ हजार ९ सय ४९, बाउण्डरीवाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३, सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खर्च हुनेछ ।


    खोला तटबन्धका लागि ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, सौन्र्दयीकरण १५ लाख १० हजार ७ सय ६३, ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाइ,प्लम्बिङ, पानीआपुर्तिमा १ करोड ३१ लाख ५२ हजार ३५, विद्युतीकरणकार्य १ करोड ३५ लाख७२ हजार १ सय ७५ र ओभरहेड पानीटंकीमा ४९ लाख २९ हजार १ सय १६ रुपैयाँखर्च हुने गरी बजेट प्रस्ताव गरिएको छ ।


    डिपिआर अनुसारका कार्य गर्नकालागि बजेटको व्यवस्थापन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक बर्ष सो औद्योगिकग्राममा कृषक, उद्यमी, महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापना गर्न प्रोत्साहन गरिने जनाएको छ । ५० बर्षमा सो क्षेत्रमा एक खर्ब भन्दाबढिलगानीभित्रयाउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ ।


    दीर्घकालीन योजनाअनुसार औद्योगिकग्राम निर्माणकार्य अगाडि बढेको नगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेश प्रवेश गर्ने मुख्यनाका रहेको बर्दघाट नगरपालिकालाई व्यवस्थित र औद्योगिक क्षेत्रका रुपमा विकास गर्न खोजिएको नगरपालिकाको दावी छ ।

    औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ । प्रदुषणलाई मध्यनजर राखेर बस्तिदेखि टाढा राखिएको सापकोटाले जानकारी दिनुभयो । हालै खजुरा खोलापुलको टेण्डरसमेत भईसकेको हुँदा औद्योगिक ग्रामसँग जोडिएको बरुवा—वर्दघाट सडकहुँदै भारतकोविहार प्रदेशको भैसालोटन नाकासँग प्रत्यक्ष रुपमा यो औद्योगिक क्षेत्र जोडिने छ ।

    Post Views: 198

    प्रकाशित मिति: २०७९ फाल्गुन १५, सोमबार ११:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.