• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कविता – तिमी महान् हौ !

  •  
  • २०७९ फाल्गुन २३, मंगलवार १५:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संस्कारी छौ ।
    सबै पर्व मनाउछौ ।
    श्रीमतीलाई धुरन्धर माया गर्छौ ।
    ससुरालीकालाई भगावनकै दर्जा दिन्छौ ।
    उहाँहरुलाई त श्रीमतीका जन्म अनि कर्मदाता मानी पुज्छौ ।
    त्यसैले तिमी महान् हौ ।

    आफ्नै भाषा सुनाउँछौ ।
    आफ्ना संस्कार प्रचार गर्छौ ।
    आफ्नो धर्मको बारेमा विश्लेषण गर्छौ ।
    चिटिक्क पर्ने गरी साँस्कृतिक पहिरनमा सजिन्छौ ।
    त्यसैले तिमी महान् हौ ।

    अझै तिमी नारीवादी हौ ।
    नारीलाई सम्मान गर्छौ ।
    सासुलाई आमलाई भन्दा अथाह सम्मान गर्छौ ।
    सालीलाई बहिनीलाई भन्दा धेरै माया गर्छौ ।
    दिदीसासुलाई दिदीलाईभन्दा बेसी ख्याल गर्छौ ।
    जेठानी दिदी त झनै साख्खै मन्छौ ।
    त्यसैले तिमी महान् हौ ।

    ससुरालाई “बा” मान्छौ !
    जेठानलाई दाइको व्यावहारिक दर्जा दिन्छौ ।
    सालोलाई जुम्ल्याहा भाइ झैं गर्छौ ।
    भदाहलाई भतिजो र भदैनीलाई भतिजी जस्तै लिन्छौ ।
    त्यसैले तिमी महान् हौ ।

    घरतिर तिमीलाई टन्टै छैन ।
    बाँदरे पुर्ख्यौली सम्पत्ति लिएकै छैनौ ।
    बुढ्यौली बालाई नै “छोडिएका” छौ ।
    आमाको जिम्मा बाकै हो ।
    दाइको कमाई भाउज्युसंग टन्नै छ ।
    भाइको सोझो कमाई बुहारीकै पोल्टामा छ ।
    दिदीलाई बाले नै भिनाजुको जिम्मा लाइदिएकै छन्
    बहिनीलाई पनि बाले नै ज्वाँइलाई सुम्पिदिएकै हुन् ।
    भान्जा, भान्जी, भतिजो र भतिजी आफ्नैमा मस्त छन् ।
    त्यसैले तिमी त बिन्दास हौ ।

    तिमीलाई टन्टै छैन ।
    थुप्रै कोठाहरु छन् ।
    घरपतिरका खासै आउँदैनन् ।
    ससुरालीकाले ख्याल गर्ने भएकाले बाक्लै आउँछन् ।
    श्रीमतीले सम्हाल्छिन् ।
    बैंक व्यालेन्स छ ।
    घरपट्टी तिर्नै पर्दैन ।
    बाआमाको वृद्धभत्ता छ ।
    दाइभाइसंग खासै हाइ हेल्लो हुन्न ।
    ऋण सापटीबाट मुक्त छ ।
    दिदी बहिनी टाढा छन् ।
    बोलाइन्न, बोलाए नि आउन्नन् ।
    खर्च सुक्को हुन्न ।
    खुवाउन पर्दैन ।
    ससुराली गई खाए टीका दक्षिणा पर्दैन भनिंदैन ।
    त्यसैले तिमी त बिन्दास हौ ।

    तिमिलाई टन्टै छैन ।
    आफ्नोमा अरुलाई निम्तो दिंदैनौ ।
    भुइँमा बस्नै पर्दैन ।
    अर्नी पानीको पीर मान्नै पर्दैन ।
    ओढ्नी ओछ्याउनीको जोहो गर्नै पर्दैन ।
    कतै कसैलाई कसैगरी निम्त्याउन परे,
    नआउलान्, नमान्लान्, नखालन् भनी,
    भाषा, भाका, भोक, भोजन नमिल्ला भनी,
    छिमेकीलाई पनि छिसिक्क बोलाउँदैनौ ।
    तसर्थ तिमीलाई केही पीरै छैन ।
    त्यसैले तिमी त बिन्दास हौ ।

    पुराण ल्हेगे गुरुङ ‘ चिउरी खर्के ‘

    सुनवल ३, नदुवा, नवलपरासी ।

    Post Views: 190

    प्रकाशित मिति: २०७९ फाल्गुन २३, मंगलवार १५:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान
    ताजा अपडेट
    • १. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    चर्चित
    • १. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    • २. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ३. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ४. रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा काठमाडौंमा अत्याधुनिक सुविधासहितको नयाँ कार्यालय र लर्निङ सेन्टरको भव्य उद्घाटन

    • ५. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.