• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

घरेलु हिंसा न्यूनिकरणमा चुनौती, नवलपरासीमा हिंसाका ९ सय उजुरी

  •  
  • २०७९ फाल्गुन ३०, मंगलवार १४:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,नवलपरासी । हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास संगै नवलपरासीमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिलेपहिले घरभित्रको कुरा बाहिर लैजानुहुँदैन भन्ने सामाजिक मानसिकता बोकेका महिलाहरुमा चेतनाको विकास भएसँगै घरेलु तथा लैङ्गिक हिंसाका घटना बाहिर आउन थालेका हुन् ।तर हिंसाका घटना वाहिर आउन थाले संगै त्यसको न्यूनिकरणमा पनि उत्तिकै चुनौती छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले सार्वजनिक गरेको त्रिवर्षिय तथ्याङ्क अनुसार जिल्लामा घरेलु हिंसा र लैङ्गिक तथा छिमेकी हिंसाका गरी ९ सय उजुरी परेका छन् ।

    पछिल्लो तिन वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घरेलु हिंसाका ५ सय निवेदनहरु मध्ये ४५९ वटा निवेदन मिलापत्र भएका छन् । २० वटा निवेदन अन्य निकायमा गई अझै २२ वटा निवेदनको काम वाकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।


    चालु आव २०७९/८० को पछिल्लो ८ महिनामा मात्र घरेलु हिंसाका १७२ वटा निवेदन दर्ता भएको छ । जसमध्ये १५२ वटा मिलापत्र गर्न सफल भएको र ४ वटा मुद्धा अन्य निकायमा गएको तथा १७ वटाको काम वाँकी रहेको पाण्डेले बताउनुभयो ।


    यस्तै आव २०७८/७९ मा १९४ घरेलु हिंसाका निवेदन दर्ता भएकोमा १८२ को मिलापत्र गरिएको छ भने आव २०७७/७८ मा १३४ निवेदन दर्ता भएकामा १२५ निवेदनको मिलापत्र गरिएको छ ।


    प्रहरीमा आएको उजुरीमध्ये मादक पदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान-लगाउन नदिने, घरायसी झैँझगडा, बहुविवाह लगायतको घटना रहेका छन् ।


    यस्तै पछिल्लो ३ वर्षमा जिल्लामा ४ सय लैङ्गिक तथा छिमेकी हिंसाका घटना दर्ता भएका छन् । दर्ता भएका मध्ये ३७० वटाको मिलापत्र गरिएको पाण्डेले बताउनुभयो । चालु आव २०७९/८० को हाल सम्म मात्र लैङ्गिक तथा छिमेकी हिंसाका १३० वटा निवेदन दर्ता भएकोमा १२३ वटा निवेदन मिलापत्र गरिएको छ ।


    यस्तै आव २०७८/७९ मा दर्ता भएका लैङ्गिक तथा छिमेकी हिंसाका १६३ उजुरीमा १५१ उजुरीको मिलापत्र गरिएको छ भने आव २०७७/७८ मा दर्ता भएका १०७ लैङ्गिक तथा छिमेकी हिंसाका उजुरीमा ९६ घटनाको मिलापत्र गरिएको छ ।


    प्रहरी र जनताबीचको सुमधुर सम्बन्ध स्थापित गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम, लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुविवाह लगायत सामाजिक अपराधका विषयमा विद्यालयस्तरमा पुगेर सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएका छन् ।

    Post Views: 188

    प्रकाशित मिति: २०७९ फाल्गुन ३०, मंगलवार १४:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल
    नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.