• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

विद्यमान् आर्थिक सङ्कटसंगै घटे नया उद्योग, आठ महिनामा ३८३ उद्योग दर्ता

  •  
  • २०७९ चैत्र ६, सोमबार १२:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,नवलपरासी । देशमा विद्यमान् आर्थिक सङ्कटले उद्योग कलकारखाना तथा व्यापार व्यवसायमा नया प्रवेशी प्रोत्साहित नभए पछि पश्चिम नवलपरासीमा नयाँ उद्योग दर्ता गर्ने क्रम घटेको छ । अघिल्लो आर्थिक वर्षमा लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक देखिए पनि पछिल्लो समय घटेको घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेले बताउनुभयो । ‘ गत वर्ष उद्योग दर्तामा निशुल्क दर्ता रहेकाले कृषि फर्महरुको दर्ता बढ्न गयो ’ उहाले भन्नुभयो ‘ पछिल्लो समय आर्थिक सङ्कट तथा प्रोत्साहन लगायत कारणले उद्योग दर्ता गर्ने क्रम घटेको छ । ’

    गत आव २०७८/७९ को दोस्रो चौमासिकसम्ममा एक हजार १६६ उद्योग दर्ता भएका थिए तर चालु आव २०७९/८० को दोस्रो चौमासिक सम्म जिल्लामा ३८३ वटा मात्र उद्योग दर्ता भएका छन् । गत वर्षभन्दा यो वर्ष ७८३ ले कम हो ।


    पाँच लाख सम्म लगानी भएका उद्योग, व्यवसायहरु स्थानिय तहमा दर्ता हुने हुनाले यस तथ्याङ्कमा समावेश नगरीएको तथा कम्पनीमा दर्ता हुने प्राय उद्योगहरु सुचिकृत रुपान्तरण हुन नआउने प्रचलनले पनि कार्यालयमा नया उद्योग दर्ता गर्ने क्रम घटेको उद्योग अधिकृत पाण्डे बताउनुहुन्छ ।


    कार्यालयले आठ वर्गीकरणमा राखेर लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको पाइन्छ । जसमा उत्पादनमूलक, ऊर्जामूलक, कृषि तथा वनजन्य, खनिज, पर्यटन, सेवामूलक, निर्माण र सूचना तथा प्रविधि उद्योग छन् ।


    घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी नविन बस्यालका अनुसार अनुसार चालु आव २०७९/०८० को फाल्गुन महिना सम्ममा सवैभन्दा धेरै कृषि तथा वनजन्य उद्योग तर्फ २०२ उद्योग दर्ता भएका छन् । यस्तै सेवामुलक उद्योगतर्फ १३५ र उत्पादनमुलक उद्योगतर्फ ४६ वटा गरी जम्मा ३८३ वटा उद्योग थपिएका छन् ।

    सो अवधिमा ऊर्जामूलक, खनिजजन्य, निर्माणमूलक, पर्यटन र सञ्चार सूचना प्रविधि उद्योग कुनै पनि दर्ता भएका छैनन । दर्ता भएका ति उद्योगहरुमा ३३ करोड ७४ लाख ८४ हजार ९ सय रकम लगानी भएको सूचना अधिकारी बस्यालले बताउनुभयो ।


    यस्तै पछिल्लो आठ महिना सम्ममा वाणिज्य तर्फ प्राईभेट फर्म ३७३ र साझेदारी फर्म ५ वटा गरी ३७८ वटा फर्म दर्ता भएका सूचना अधिकारी बस्यालले जानकारी दिनुभयो । गत वर्षको सोही अवधिमा प्राईभेट फर्म ९४१ र साझेदारी फर्म ७ गरी ९४८ फर्म दर्ता भएका थिए ।


    हाल दर्ता भएका उद्योगबाट उद्यमी बन्नेको संख्या ४१० पुगेको छ । जसमा २५२ महिला र १५८ पुरुष छन् । यस्तै एक हजार २ जनालाई रोजगार प्रस्ताव गरेको कार्यालयको तथ्यांक छ ।


    सूचना अधिकारी बस्यालका अनुसार सोही अवधिमा उद्योग तर्फ २६ लाख ७९ हजार २९० रुपैया र वाणिज्य तर्फ ४१ लाख ११ हजार ५० राजश्व संकलन भएको छ । कार्यालय मार्फत प्रदान गरिने उद्योग दर्ता, व्यापार-व्यवसाय दर्ता , नवीकरण, नामसारी, ठाउँसारी लगायत प्रशासनिक सेवाबाट राजस्व संकलन भएको हो ।


    यस्तै कार्यालयले जिल्लाका विभिन्न स्थानिय तहमा विभिन्न सिप विकास तथा तालिमहरु सञ्चालन गर्ने गरेको छ । कतिपय प्रशिक्षार्थिहरु उद्यमी बन्छु सिक्छु भन्दा पनि भत्ता, समय कटाउन भन्दै तालिममा सहभागी हुने गरेकाले अपेक्षित रुपमा परीणाम प्राप्त हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयले कम पूजी र लगानीमा पनि उद्यमी वन्न सकिने खालका विभिन्न सिप विकास तथा प्रविधि सहयोग, महिला उद्यमशिलता, लघु तथा घरेलु उद्योगका लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।


    Post Views: 130

    प्रकाशित मिति: २०७९ चैत्र ६, सोमबार १२:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न
    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता
    भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.