२ अशोज २०८३, शुक्रबार

गुल्मीमा आगलागीमा परेर बृद्धको मृत्यु

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका ६ पुर्कोटदमा गएराति आगलागी हुँदा ८३ वर्षीय ज्ञानबहादुर जीसीको मृत्यु भएको हो ।

गएराति १० बजे पुर्कोटदहको देउरालीमा आगलागी भएर निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार मृतक घरमा एक्लै बस्ने र २ छोराहरू विदेशमा बस्दै आएका छन् ।

आगलागीबाट घर जलेर पूणर् रुपमा क्षति भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार