
नवलपरासी । लामो समय सम्म रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्वर १ का वडाबासीहरुले राष्ट्रिय भुमि आयोग जिल्ला समितिलाई सम्मान गरेका छन् । वि.स २०६७ मा जग्गाधनी पुर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्धा परे संगै लामो समय सम्म रोक्का भएको जग्गा फुकुवा भएपछि स्थानियहरुले जिल्ला समितिलाई एक कार्यक्रमका विच सम्मान गरेका हुन् ।


सुनवल नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष मान वहादुर थापाको अध्यक्षता तथा लुम्विीनी प्रदेश सभा सदस्य खड्ग वस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष देवराज भण्डारी र सदस्यहरु भविश्वर तिवारी, लक्ष्मी जैसी भुसाल, विज्ञ सदस्य सुर्दशन खरवार लाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि सभा सदस्य खड्ग वस्नेतले राष्ट्रिय भुमि आयोगले राम्रो काम गरेको भन्दै वाँकि रहेका अरु सवै कार्यहरु पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुवेले स्थानिय वडावासीहरुको खुसी नै सुनवल नगरको खुसी भएको बताउनुभयो ।
त्यस्तै पुर्व नगरप्रमुख भिम बहादुर थापाले बर्तमान आयोगको कृयाशिलताले नै जग्गा पुर्जा प्राप्ती भएको भन्दै आफ्नो कार्यकालमा समेत सुनवल वासीलाई जग्गाको मालिक बनाउन विभिन्न प्रयत्न गरेको बताउनुभयो । जसको लागी सुनवल वासीनै साक्षि रहेको उहाँको दावी थियो ।
त्यस्तै पुर्व आयोग अध्यक्ष मनशोभा पाण्डे, स्थानिय समाजसेवि सुवेन्द्र कवर योगी लागएतले स्थानिय वासीहरु ले जग्गा धनि पुर्जा प्राप्त गर्नु उपलब्धि भएको बताउनुभयो ।
राजनैतिक दल, समाजसेवि, वुद्धिजिवी र स्थानियहरुको उपस्थीति रहेको कार्यक्रममा स्वागत मनतब्य स्थानिय वलराम वस्यालको रहेको थियो भने संचालन समिक्षा सिंजापतिले गर्नुभएको थियो ।



