
परासी । दक्ष र सिपमुलक विद्यार्थी उत्पादन गर्ने उदेश्यले पुर्वी नवलपरासीको हुप्सेकोटमा विद्यालय तहमै विभिन्न सिपमुलक तालिम सञ्चालन गर्ने गरिएको छ । देशका विभिन्न विद्यालयमा सञ्चालित पढ्दै कमाउदै अभियान चलिरहेका वेला हुप्सेकोटमा विद्यार्थीलाई मोवाईल, ईलेक्ट्रोनिक बनाउने तालिम सञ्चालन गरिएको छ ।


गाउपालिकाले कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तहमा सीपमुलक तालिम कार्यक्रम अन्र्तगत मोवाईल ईलेक्ट्रोनिक सामान बनाउने तालिम सञ्चालन गरेको हो ।

तालिमको आज ज्वाला मा.वि. झ्यालवासमा एक कार्यक्रमका विच गाउपालिका प्रमुख लक्ष्मि पाण्डेले उद्घाटन गर्नुभएको छ ।तालिमको उद्घाटन गर्दै प्रमुख पाण्डेले पढ्दै कमाउदै अभियान हुप्सेकोटमा पनि सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय तहवाटै स्वरोजगार हुन सहयोग पुग्ने बताउनुभयो । आर्थिक रुपमा विपन्न परिवारका वालवालिकालाई पनि यस कार्यक्रमले सहयोग पुग्ने उहाको भनाई छ ।




