• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल नगरपालिकाको आगामी बजेट १ अरव १८ करोड ९२ लाख

  •  
  • २०८० असार ४, सोमबार १८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि १ अरव १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया वरावरको वजेट सार्वजनिक गरेको छ । सोमवार सम्पन्न १३ औं नगर सभाले आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दैै १ अरब १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया विभिन्न विषयगत क्षेत्रमा रकम विनियोजन गरेको हो । जसमा चालु खर्च तर्फ ६६ करोड ४० लाख ६४ हजार ८ सय ३ रहेको छ भने पुँजीगत खर्च तर्फ ५२ करोड ५१ लाख ४३ हजार ९ सय ३१ विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले नगरप्रमुखसँग आँखा स्वास्थ्य कार्याक्रमको निरन्तरता , प्रसुति गृहको क्षमता वृद्धि, जेष्ठ नागरिक सँग उपमेयर कार्यक्रम र नगर स्तरिय एकिकृत एम्वुलेस सेवालाई प्राथमिकतामा राखेको बताउनुभयो । त्यस्तै मृगौला डाइलाइसिस गर्नुपर्ने विरामीहरुलाई विगतमा दिएको सेवासुविधालाई निरन्तरता दिएको नगरप्रमुख अर्यालले बताउनुभयो ।

    त्यस्तै शिक्षातर्फ विद्यालयका भौतिक संरचना बालमैत्री एंव अपाङगमैत्री गाराउने, सामुदायिक विद्यालयको आधारभुत शिक्षामा गुणस्तर सुधारका लागी नगरप्रमुख शैक्षिक सुधार लगाएतका कार्यक्रम लागु गर्ने निति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै एक घर एक धारा तथा स्वच्छ खानेपानी उपलब्ध गराउने, नगरभित्र रहेका खानेपानी समितिहरुको एकरुपकता ल्याउने नगरप्रमुख अयालले बताउनुभयो ।

    सुनवल नगरपालिकालाई महिलामैत्री गराउने, समता महिला विद्यालयलाई थप सुविधा बनाई प्रभावकारी गराउने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    त्यस्तै युवा तथा खेलकुदलाई प्रर्वद्धन गर्नको लागी एक वडा एक खेलमैदानको अवधारणा लिएको नगरप्रमुख अर्यालले बताउनुभयो । त्यस्तै नगरपालिकाले नगरभित्रका सडक क्षेत्रमा हरियाली प्रर्वद्धन गर्ने र गुरुयोजना अनुरुप नगर रिङरोडलाई व्यवस्थीत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरि सुचना प्रविधिमैत्रि सुनवल नगरपालिका बनाउन सेवा प्रवाहलाई पेपरलेसमा रुपान्तरण गर्ने नगरको निति तथा कार्यक्रम रहेको छ ।

    त्यसैगरि सुनवल नगरपालिकाका भित्र कार्यरत सम्पुणर् करार तथा ज्यालादारी कार्यरत कर्मचारीको सुरक्षाको लागी सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीति अवलम्वन गर्ने नीति लिएको छ ।

    नगरभित्रका महत्वपुणर् योजनाहरुको प्रोजेक्ट वैंक निर्माण गरि कार्यान्वय गर्ने निति तथा कार्यक्रममा उल्लेख भएको छ ।त्यस्तै गरी आर्थिक विकासतर्फ कृषि विकासका लागी व्लक, पकेट र जोन कार्यक्रम अन्तर्गत एक वडा एक उत्पादनको कार्यक्रम संचालन गर्ने, एक वडा एक पशुफर्म अभियान संचालन गर्ने, जग्गा बाँझो नराख्ने निति अवलम्वन गरी सिंचाई प्रणालिलाई प्राथमिकता दिने निति तथा कार्यक्रम रहेको छ ।

    त्यसै गरि संस्कृति र पर्यटन विकासलाई मध्येनजर गरि सुनवल सर्किट निर्माण गर्ने नगरप्रमुख अर्यालले बताउनुभयो । त्यसै गरी नगरलाई सफा र स्वच्छ गराउने उद्देश्य अनुरुप फोहोरमैला व्यवस्थापन गर्ने , एक वन एक उद्धमको समेत नीति नगरपालिकाले लिएको छ ।आर्थिक वर्ष २०८०/०८१ तय गरिएको निति तथा कार्यक्रमलाई कायन्वयन गर्न समाजिक क्षेत्रमा ६३ करोड ९८ लाख ८५ हजार विनियोजन गरेको नगर उपप्रमुख सुर्य प्रसाद दुवेले बताउनुभयो ।

    त्यसैगरि भौतिक पुर्वधार तर्फ २५ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपौय, सुशासन तथा संस्थागत विकास मा २० करोड १२ लाख ३ हजार, आर्थिक विकासमा ७ करोड ३९ लाख १२ हजार , बातावरण तथा विपद व्यवस्थापनमा १ करोड ५० लाख विनियोजन गरेको नगर उपप्रमुख दुवेले बताउनुभयो ।

    त्यस्तै १३ औं नगर सभामा आर्थिक विधेयक , लेखा समितिको प्रतिवेदन , न्यायिक समितिको प्रतिवेदन विनियोजन विधेयक, वाङगमय प्रतिष्ठान गठन तथा संचालन ऐन लगाएत प्रस्तुत गरिएको थियो ।

    Post Views: 196

    प्रकाशित मिति: २०८० असार ४, सोमबार १८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.