४ कार्तिक २०८३, मङ्लबार

चट्याङ्ग लागेर राष्ट्रसेवकको ज्यान गयो

सुनवल । चट्याङ्ग लागेर पश्चिम नवलपरासीमा एक जनाको ज्यान गएको छ। आज विहान १०ः४५ बजेको समयमा आफ्नै खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागी घाईते भएका रामग्राम १० नदुवाका वर्ष ४० का विनोद कहारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

घाईते कहारलाई उपचारका लागि भैरहवा सि.टि. अस्पताल रुपन्देही पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
मृतक कहार बिरकोट आयुर्वेदिक औषधालय बिरकोट पाल्पामा कबिराज निरीक्षक (अधिकृत छैटौ तह) पदमा कार्यरत रहेका थिए । शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार