
परासी । ईलाका प्रहरी कार्यालय सेमरिले प्रतापपुर गाउँपालिका वडा नम्बर १ भिठाबाट लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । आज शुक्रबार बिहान ३ बजे प्रतापपुर गा.पा. वडा न. १ भिठा स्थित घरमा लागुऔषध लुकाइछिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले लागुऔषध सहित ४६ वर्षिय बिनोद कहारलाई पक्राउ गरेको छ ।

‘प्रोक्सीको स्पार’ ९ सय ६३ ट्याब्लेट, ‘नित्रा भेट’ ६ सय पिस र सय एमएल परिमाणको ९ बोतल ‘कोरेक्स’ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कहारलाई इलाका प्रहरी कार्यालय सेमरीको नियन्त्रणमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरि म्याद थपको लागि जिल्ला अदालतमा पेश गरिएको र जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।



