• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

हुलाकी सडककाे कथाः फराकिलो र चिल्लो हुलाकी सडक कहिले ? सास्तीपुर्ण र ज्यानै जोखीम सडक यात्रा अहिले !

  •  
  • २०८० भाद्र १६, शनिबार २३:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कुनै पनि भुगोल वा क्षेत्र विकासको मुख्य सम्भावनाको आधार हो सडक सन्जाल ।


    सर्वप्रथम कुनै पनि क्षेत्रको सडक सुव्यवस्थीत र सडकको विस्तार भए संगै उक्त क्षेत्रको कृषि, व्यापार , पर्यटन, उद्योग लगायतको विकासले चाडाे गति लिएको पाइन्छ ।
    नवलपरासी स्थित प्रतापपुर गाउपालिका क्षेत्रमा पर्ने नारायणचोक त्रिवेणी हुलाकी सडकका वासिन्दाहरु सो क्षेत्रमा विस्तारित हुदै गरेको सुविधा सम्पन्न हुलाकी सडकले यस गोपीगज सेमरी प्रतापपुर लगायत आसपासका क्षेत्रको समग्र विकासमा महत्वपुर्ण टेवा पुग्ने सपना साँचेको आज झण्डै ४ वर्ष वितिसकेको छ ।
    सडक विस्तारको काम सूरु भएको करिव ४ वर्ष पुग्दा नपुग्दै सडक निर्माणको गति र सडक निर्माण भद्रगोल शैलिका कारण गोपीगंजवासी जनताहरु आक्रान्त वनेका छन् ।
    सडक निर्माणमा ठेकेदार कम्पनीको अत्यन्तै अव्यवस्थीत र असुरक्षित निर्माण शैलीका कारण स्थानीय एवं यात्रीहरु दैनिक चरम सास्तीपुर्ण तथा जोखिमपूर्ण यात्रा गर्न वाध्य वनिरहेका छन् ।
    गोपिगंजका युवा व्यवसायी एवं समाजसेवी दिपक चापागाईका अनुसार गोपिगजं क्षेत्रको भद्रगोलपूर्ण र अव्यवस्थीत असुरक्षित सडक निर्माण शैलिका कारण गोपीगजंका मुख्य वजार क्षेत्रमा पोखरी सरहका खाल्टा वनेका छन् जसले दैनिकजसो जोखिमपूर्ण आवतजावत हुदा दुर्घटनाहरु भईरहेका छन् ।
    सडक निर्माण कम्पनीले असारको वेला राज्यबाट रकम लिने उदेश्यले कामगरेजस्तो गर्ने र अन्य समयमा अत्यन्त सुस्त गतिमा कार्य गर्ने गरेको चापागाईको आरोप छ ।


    ठेकेदार कम्पनीले सडकनिर्माणमा प्रयोग गरिने सबवेस निर्माण सामाग्री समेतमा ठगी गरि खोलाको गिटी प्रयाप्त भएको निश्चत साइजको ग्रोभल प्रयोग गर्नु पर्नेमा स्थानीय खोला घोला किनारका भस्कटमाटोमा २० प्रतिसत हाराहारी गिटी मिसाई कमसल निर्माण कार्य गर्दा समेत गुणस्तर सुनिश्चीत गर्ने सरकारी नियमक निकायले नियमन गर्न नसकेको आरोप उनको छ ।

    देशकै प्रतिस्ठीत औधोगिक घरानाका डलरअरवपती मा. विनोद चौधरीको यस निर्वाचन क्षेत्रमा समेत सडक निर्माणमा चरम लापरवाही र ढीलासुस्ती भईरहदा अन्यत्रको कस्तो अवस्था होला भनि गोपिगंजका स्थानीयहरु सुस्केरा हाल्छन् ।

    ७६ सालको अन्तिमतिर करिव ५८ करोड रूपैयामा ठेक्का सम्झौता भएको नारायणचोक त्रिवेणीको १६ कि.मी. सडक  पछिल्लाे पल्ट थपिएको म्याद समेत गत मङ्सिरमा नै समाप्त भैसकेको छ ।  ठेकेदार बज्रगुरु महालक्ष्मी जेभिले हाल सम्म करिव ८० प्रतिशत काम सकेको दाबी गरे पनी सडकमा प्रगति भने ५० प्रतिसत पनि नदेखिने अवस्था छ ।

    ‘सवारी साधनमा हिँड्दा पनि ज्यानकै बाजि लाउनु पर्ने वाध्यात्मक अवस्था छ भने वर्षातमा झन कहि हिलाम्य र कतै ठुला खाल्टाका तलाउ हुदा दैनिक जसाे दुर्घटना भए पनि चासो कसैको देखिएन’ पटक पटक सम्वन्धीत निकायमा गुहार लगायौ, आन्दोलन गर्‍यौ हामी अव थाकिसकेउ भन्छन स्थानीयहरू ।

    सडक निर्माण कार्य दुर्दशापूर्ण हुदा समेत सडक निर्माणको अनुगमन तथा नियमन गर्ने सरकारी निकायको प्रभावकारी उपस्थिति नदेखिनुले ठेकेदार कम्पनीले संयन्त्र रिजाएको असंका स्थानीयले गरेका छन । यता हुलाकी सडक आयोजनाका सार्इट इन्जिनियर युवराज पाण्डेले भने संरचनाहरू सहित ८० प्रतिशत काम सकिएको र हालसम्म २६ प्र. मात्र भुक्तानी दिइएको वताउछन । सडक अन्तर्गत १३ वटा स्लेप पुल कल्भर्ट बनाउन बाकी रहेको पाण्डेको भनाई छ ।

    ठेकेदार कम्पनीले कमसल निर्माण सामाग्री प्रयाग गर्दा पछि सडक कालोपत्रे बनेपनि छिटै फुटेर जाने होकि भन्ने चिन्तीत भइर बारम्बार सरोकारवाला निकाय, स्थानीय सरकार, प्रहरी संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधिलाई प्रत्यक्ष एवं सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउँदा समेत कुनै कुनै प्रयास प्रभावकारी नदेखिएको स्थानीयको गुनासो छ।

    उक्त सडक अवस्थाकै कारण थुप्रै पटक दुर्घटना भैसकेका छन् भने यात्रा गर्ने जो कोहीका लागि पनि यो सडक काल वन्न सक्ने त्रासमा यात्रा गरीरहेका छन।

    सडक सताव्दीकै महाधुलाम्य हिलाम्य ठुला ठुला खाडक अवस्थाका कारण यस क्षेत्रको व्यापारमा समेत नकारात्मक असर परिरहेको व्यवसायीको भनाइ छ । ठेकेदारलाई कालो सूचीमा राखेर कारबाही गर्नु पर्नेमा सरकारले पटक पटक म्याद थप गर्नुले कर्मचारी र ठेकेदारको मिलेमतको अशंका गर्दै स्थानीय आक्रोशित वनेका छन् ।

    सांसद मा. विनोद चौधरीले यस विषयमा सम्बन्धित निकाय र ठेकेदार पक्षलाइ पटक पटक चाँडो निर्माण सम्पन्न पहल गरीरहेको बताउनुहुन्छ ।

    सडक निर्माणमा ढिलासुस्ती , चरम लापरवाही र अव्यस्थीत निर्माण शैलिका कारण सडकमा कुनै दिन ठूलो दुर्घटना र क्षति हुनसक्ने तर्फ सरकारी निकाय तथा ठेकेदार पक्ष दुवै गम्भिर हुनैपर्ने देखिन्छ । अन्यथा जनतालाइ सुविधाजनक अधुनिक सडक र सहज पहुच दिने भनि निर्माणाधिन चरणकै सडक दुर्घटनामा जनताको ज्यानै अन्त्य हुने भए विकास कसकाे लागि … सम्वन्धीत निकायकाे गम्भिर ध्यान केन्द्रत हाेस भन्ने चासाे स्थानीयकाे रहेकाे छ ।

    Post Views: 143

    प्रकाशित मिति: २०८० भाद्र १६, शनिबार २३:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.