नवलपरासी, कात्तिक, १५
प्रतापपुर गाउँपालिकाका तिन नेताहरु जनता प्रगतिशिल पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।


प्रतापपुर गाउँपालिकाकी निवर्तमान का.वा.अध्यक्ष समेत रहेकी अन्जु चौधरी लगायत नेता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
गाउँपालिकाका पुर्व वडा अध्यक्ष मनोज पन्जियार तथा पुर्व वडा सदस्य दुधनाथ चौधरी समेत आज नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन् ।
पाटी प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्र्य एवं पूर्व गुहराज्यमन्त्री देवेन्द्र राज कण्डेल र काग्रेस नेता एवं प्रदेश सभासद मा. देवकरण कलवारले टिका खादा लगाई पार्टीमा स्वागत गर्नुभएको कण्डेलमा स्वकीय सचिव मधुर रायमाझीले जानकारी दिनुभयो ।

पाटी प्रवेश गर्दै नेत्री चौधरीले तराईका जनताको वास्तवीक समस्या समाधान गर्ने दरीलो पाटी नेपाली काग्रेस वाहेक अरु नदेखिएको भन्दै आफू पुनः जनताको प्रिय पाटीमा फर्किएको वताउनु भयो ।
नेताद्धय कण्डेल र कलवारले जनप्रीय नेताहरु नेपाली काग्रेस पुर्नआगमन भएकोमा स्वागत र बधाई ज्ञापन गर्दै पाटी संगठनमा थप वल पुग्ने विश्वास व्ययक्त गर्नु गर्नुभयो ।



