३ कार्तिक २०८३, सोमवार

साहित्य परिषद्, नवलपरासीको ६६ औँ मासिक घुम्ती साहित्यिक शृङ्खला सम्पन्न

सुनवल । साहित्य परिषद्, नवलपरासीको ६६ औँ मासिक घुम्ती साहित्यिक शृङ्खला सुनवल १३ स्थित मोतीलाल बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्रष्टाहरूले देश दुखेको, सरकार जनभावना विपरीत सञ्चालन भएको, बेरोजगारीको कारण लाखौँ युवाहरू विदेशिन बाध्य भएको जस्ता मार्मिक भाव समेटिएका गीत, गजल, मुक्तक, कविता सुनाएका थिए ।

उक्त कार्यक्रममा वाचित रचनाहरूको समालोचक अर्जुन पाण्डेयले गर्नुभएको थियो ।

कार्यक्रममा भविश्वर पराजुली, तिलक भट्टराई अन्जान, कृष्ण समर्पण, कपिलदेव पंगेनी, मैना सुवेदी, चिरञ्जीवी पौडेल, कमल डुम्रेलगायत दर्जन बढी स्रष्टाहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

छन्द भनेको रगण, भगण आदि मात्र नभएर सभ्यता र शिष्टता पनि भएकोले हाम्रा सम्पुर्ण कार्य छेकछन्द मिलाएर गर्दा राम्रो हुन्छ भन्दै सबै स्रष्टाहरूलाई सुन्दर काव्य सिर्जनमा लाग्नुपर्छ भन्ने अध्यक्षीय मन्तव्यका साथ डा. न्यौपानेले कार्यक्रम समापन गर्नुभयो ।

कार्यक्रमको सञ्चालन परिषद्का सचिव यामजित मल्ल कल्पितले गर्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार