आश्विन शुक्ल नवमीका दिन आज महानवमी पर्व आज देशभरका शक्तिपिठहस्मा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।


पश्चिम नवलपरासीको पाल्हीनन्दन ४ मा रहेको शक्तिपिठ पाल्ही कोटकी काली भगवतीको मन्दिरमा महानवमी अवसरमा पुजाआजाका लागी बिहानै बाट प्रत्येक वर्ष सरी यस वर्ष पनि झक्तजनहरूको घुईचो लागेको छ ।
सेनवंशिय ईतिहास बोकेको पाल्ही मन्दीरमा आज महानवमीका दिन मुल पुरोहितका रुपमा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेल र उहाँका सुपुत्र डाक्टर आरोग्य कंण्डेलले विधिपुर्वक महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न पाल्हि शक्तिपीठमा लगी पुजाअर्चना गरी पाल्ही मन्दीरको पुजा सर्मपण सुरु गर्नुभएको थियो ।
पाल्ही कोटकी काली भगवतीको मन्दिरमा श्रद्धालुहरुले लामवद्ध भएर पुजाआजा गरिरहेका छन् । मन्दिर व्यवस्थापन समितिले पुजाआजाका लागी सहज रुपमा दर्शन गर्न सकिने व्यवस्था गरेको मुल पुरोहित एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंण्डेलका स्वकिय सचिव कमल किशाेर रायमाझीले जानकारी दिनुभएकाे छ ।

आज साझ सम्मै पाल्हि मन्दीरमा श्रद्धालुहरु दर्शनका लागी पुग्ने गर्दछन् । आज नवलपरासीका दाउन्ने देवी मैलाकालिका, महलपेखरी, तथा विभिन्न स्थानमा रहेका शक्तिपिठमा पनि बिहानै बाट श्रद्धालुहरुको भिड छ ।
दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिएके छ ।

पशुबलि नदिने र शाकाहारी श्रद्लुभक्तहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।
यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ देशभर कोतपूजा र निशानापूजा गरि मनाइदै छ ।



