८ अशोज २०८३, बिहिबार

अन्तर्राष्ट्रिय बाल दिवसको अबसरमा नवलपरासीको प्रतापपुरमा वक्तृत्वकला प्रतियाेगिता…

नवलपरासी। मंसिर ,९

नवलपरासीकाे प्रतापपुरमा अन्तर्राष्ट्रिय बाल दिवस २०२३ को अबसरमा पालिका स्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ।

प्रतापपुर गाउँ पालिका स्तरीय बाल संजाल नवलपरासीको आयोजना ,इन्द्रेणी सामाजिक बिकास मंच युनाईटेड मिसन टु नेपाल द्वारा संचालित बाल अधिकार परियोजनाको सहयोगमा “प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार” (FOR EVERY CHILD, EVERY RIGHT) भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय बाल दिवस – २०२३ को अबसरमा पालिका स्तरीय वक्तृत्वकला प्रतियाेगिता प्रतापपुर गाउपालिकाको सभा हलमा सम्पन्न भएको हो ।

बाल संजाल का अध्यक्ष विस्वा नन्द यादवको अध्यक्षता र प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रतापपुर ९ का वडा अध्यक्ष जय किसुन चौधरी, त्रिभुवन मा.बि. का प्र. अ. नारद ठाकुर, गणेश मा बि का प्र अ दिलिप शर्मा,बाल अधिकार समिती सदस्य अदिती सिवाकोटी लगायतले मन्त्ब्य राख्नु भएको थियो भने कार्यक्रम उदेश्य माथी यु एम एन का प्रकाश राई प्रकाश पार्नु भएको थियो।

छोरी बचाउ, छोरी पढाउ, भन्ने बिषयमा भएको प्रतियोगितामा प्रतापपुर गाउँ पालिका भित्रका १५ आधारभुत तह र ७ माबी तहका बिध्यालयको सहभागिता रहेको थियो। जस मध्ये,मा बि तर्फ प्रथम गणेश मा बि का आकृती कुर्मी, दृृतिय त्रिभुवन मा बि का छात्रापुजा गुप्ता, तृतीय आदर्स मा बि कि छात्रा निर्मला कुमारी चौधरी भएका छन भने आधारभुत तह तर्फ प्रथम ब्रम्हा बाबा मा बि का छात्रा नेत्र कुमारी चौधरी ,दुतिय त्रिभुवन मा बि का छात्रा चन्द्र कला कोइरी,र तृतीय डम्बर बाहादुर मा बि का छात्र राज गुप्ता भएकाे बाल अधिकार परियोजना सम्योजक बिणा चौधरीले जानकारी दिनु भयको छ।

प्रतियोगिता को निर्णायक मन्डलमा सम्योजक इन्द्रेणी सामाजिक बिकास मन्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी संयाेजक र सदस्यहरुमा शिवपुर मा बि का प्र अ अदम बाहादुर थापा र त्रिभुवन मा बि का शिक्षक हेम कुमारी चौधरी रहनु भयको थियो।

संजालका सदस्य श्रीधर बस्यालको स्वागत मन्त्ब्य रहेको कार्यक्रम को सन्चालन संजाल का उपाध्यक्ष अञ्जली भट्टराईले गर्नु भएको थियो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार