नवलपरासी ÷मंसिर १२,
नवलपरासीमा अवस्थीत चिनी मिलहरु यो सिजनमा चिनी उत्पादनको तयारी सुरु गरेका छन् । चिनीको कच्चा पदार्थका रुपमा किसानसंग रहेको उखु रहेको उखु प्राप्तीका लागि उखु आपूर्तीको आवहान् समेत गर्ेका छन् ।
तर उखु किसानहरु भने किसान ठग्ने नियत राखी चिनी मिल संचालकले यस वर्षको आपूर्र्तीको सूचना निकालेको भन्दै रुष्ट वनेका छन् ।


सरकारले यो वर्षको (०८०÷८१) उखुको सर्मथन मुल्य तोकिनसकेको अवस्थामा मिल संचालकहरुले गत बर्ष २०७९÷८०मा कायम भएको मुल्य रु ५४० रुपैया प्रति क्वीन्टल दरमा रु ५२० मात्र हिसाव गरी रु २० प्रति कुण्टल भुक्तान गर्न बाकीनै राखी यस वर्ष वदनियत राखी अधुरो सूचना निकालिएको र किसानलाई भ्रम श्रृजना गरिएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।
चिनि मिल संचालकहरुको किसान ठग्ने वदनियतपूर्ण कदमको विरोध र गत वर्षको उखुको समर्थन मुल्यमा प्रति क्विन्टल २० रुपैयाँ कम भुुक्तानी गराइएको भन्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल समक्ष ज्ञापन पत्र पेश गरेको छ ।
गत आइतबार किसानहरुले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ध्यानाकर्षण पत्र वुझाएर चिनी मिलसंचालकको किसान ठग्ने रवैया कायम रहे तालबन्दी गरी मिल संचलन गर्न नदिने चेतावनी दिएका छन ।
नवलपरासीका उखु कृषकका अगुवाहरु अमुल कुमार पाण्डे , धिरज त्रिपाठी, युराज मौर्य, संजयमणी त्रिपाठी , रिंकु कुमार गुप्ता, संसाद अन्सारी, जय गोविन्द यादव लगायतको हस्ताक्षर सहितको कुषक नेताहरुले प्रजिअ अर्याल समक्ष ध्यानाकर्षण पत्र बुुझाएको हो ।
सरकारले यो वर्षको उखुको समर्थन मुल्य तोक्न ढिलाई गरिरहदा चिनी मिल सचालकहरुले भने गत वर्षकै मुल्य प्रति क्विन्टल ५ सय ४० रुपैयाँ कायम गर्ने गरि गरेको सुचना प्रवाह प्रति आपत्ती जनाउदैे प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन ।
नवलपरासी जिल्लामा लुम्बिनी चिनी उद्योग सुनवल, बाग्मती खाडसारी चिनी मिल कुडिया, इन्दिरा सुुगर एण्ड एग्रो इण्डस्टीज, गंगापुर र तत्व फर्म ,कठहवा गरी ४वटा चिनि उद्योग सिजनलरुपमा सञ्चालनमा रहेका छन् ।





