१ अशोज २०८३, बिहिबार

नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्देशनमा दांगमा सहकारी अन्तर्क्रीया

दांग/ श्रावण/२१

नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्देशनमा सहकारी सम्बन्धि बर्तमान अवस्था ,समस्या चुनौती  समाधान बिषयक प्रदेश स्तरिय अन्तर्क्रीया आज दाङ्गको लमहीमा सम्पन्न भएको छ । 

पुर्ब मन्त्री एवं नेका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल नेतृत्वमा रहेको सहकारी बिभागले गरेको निर्णय अनुसार  देशका ७ प्रदेशमा सहकारी अंतःक्रिया सुरु गरिएको हो ।

नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेश सहकारी बिभाग़को आयोजनामा दाङ्गको लमहीमा सहकारी समस्या विषयक प्रदेश स्तरीय अन्तर्क्रीया आयोजना गरिएको हो । कार्यक्रम ने.का.लुम्बिनी प्रदेश सहकारी बिभाग संयोजक श्लिला पौडेलको  सभापतित्व, केन्द्रिय सहकारी बिभाग प्रमुख एवं ने.का केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतित्थतामा सम्पन्न भएको हो। 

अन्तर्क्रीयामा केन्द्रीय बिभाग उपप्रमुख श्री भानुभक्त ढकालनेफ्स्कुन केन्द्रीय अध्यक्ष चन्द्र ढकाल लगायत १२ जिल्लाका नेका पार्टी सभापतिहरु , सहकारी अभियन्ता, सहकारीका अध्यक्षपदाधिकारी तथा  सरोकारवाला ब्यक्तित्वहरुको  उपस्थिति रहेको कण्डेल सचिवालयले जानकारी दिएको छ। 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार