सुनवल / भाद्र ६

सुनवलमा यहि भदौ ८,९ र १० गते आयोजना गर्न लागिएको श्रीकृष्ण जन्माष्ट्मी पुजन तथा सास्कृतिक मेलामा राष्ट्रीय/ अन्तरास्ट्रिय कथा वाचिका सुरक्षा आचार्यले कथा बाचन गर्ने भएकी छिन ।

बिश्वकै अग्लो दामोदर स्वरुप कृष्ण मुर्ति अवस्थित सुनवल ४ श्रीकृष्ण धाममा श्रीकृष्ण जन्माष्ट्मी पुजा तथा बिबिधधार्मिक मेलाको लागि सरोकारवालाका बीच भएको बृहत छलफलमा कथा बाचिका बारे जानकारी गराईएको छ । बिश्वकैअग्लो दाबी गरीएको दामोदर स्वारुपमा रहेको कृष्णधाममा आगामी दिनमा राष्ट्रिय स्तरको आस्था र आकर्षण रुपमास्थापित गरीने श्रीकृष्ण जन्माष्ट्मी पुजन तथा धार्मिक मेला व्यावस्थापन मुल समिती संयोजक मोहन कार्कीले जानकारी दिएका छन ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु पौडेलले सबैले सहयोग गरेर पुजा धार्मिकमेला सफल बनाउनु पर्ने बताए । कार्यक्रममा सनातनी आस्थावानहरुको उल्लेख्य उपस्थितिमा जोड दिनु पर्ने समेत पूजन अभियंता पौड़ेलले बताए ।

छलफल कार्यक्रममा बोल्दै बोल्दै सुनवल सत्मार्ग बहुआयामिक समाजका अध्यक्ष / प्रमुख अतिथि भिम बहादुर थापाले सुनवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले श्रीकृष्ण जन्माष्ट्मी पुजा समारोह आयोजना गरेको बताए । श्रीकृष्णको मुर्ति सङगै सोही परिषरमा बहुआयामिक ध्यान केन्द्र समेत बनाईने हुँदा धामले लुम्बिनी प्रदेशस्तरीय पूर्वाधार रूपमा चिनाउने बिश्वाश गरिएको बताईएको छ । लक्ष हासिल गर्नका लागि श्रीकृष्णधामबिकास समिती तथा सुनवल सत्मार्ग बहुआयामिक समाजको सहकार्य मा पुजा ब्यवस्थापन तथा धार्मिक मेला आयोज़ना समिती बनाईएको बताए ।
छलफल कार्यक्रममा बोल्दै महाकवि देवकोटा क्यापसका अध्यक्ष कृष्ण लामिछानेले ३ दिन सम्म चल्ने श्रीकृष्णजन्माष्टमी पुजा सुरुवातमा केहि कठिन भए पनि परम्परा बसाल्न र पछिका दिनमा समेत महत्व राख्ने बताउनु भयो ।
छलफल कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उधोग महासङ्ह लुम्बिनी प्रदेश उपाध्यक्ष उमानाथ पोखरेललेसुनवललाई राष्ट्रीय अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि र पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । कृष्णजन्माष्मीमा मात्रै नभई प्रत्येक दिन श्री कृष्णको भजन कृतन र आरती सूरू गर्नु पर्ने बताए ।
सुकुम्बासी समस्या समाधान आयोगकि तत्कालीन जिल्ला अध्यक्ष मनशोभा पाण्डेले पुजा समारोहलाई सफल बनाउनसबैले हातेमालो गर्नु पेरने धारणाका साथ श्रीकृष्ण सम्बन्धि श्वलोक समेत बाचन गर्नु भएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै पुजा ब्यवस्थापन समितीका सल्लाहकार तथा सुनवल नगरपालिका वडा नम्बर १२ कापुर्व अध्यक्ष यामलाल पाण्डेले व्यक्तिमा श्रीकृष्ण जस्तै शालिनता र धैर्यता हुनुपर्ने बताए । सुनवलको गौरवकोयोजनाको रुपमा रहेको बहुआयामिक ध्यान केन्द्र स्थलपनी भएकोले पुजा समारोहलाई सफल बनाउन एकजुट हूनू पर्नेबताए ।

८ गते शुभारम्भ हुने कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधान र बिशिस्ट अतिथि लुम्बिनीप्रदेश सभा सदस्य खड्ग बस्नेत रहने पुजा व्यवस्थापन समितीले जनाएको छ । ८ गते बिहान ११ बजे कलश यात्रा बाटसुरु हुने पुजा समारोहमा साङ्गितिक प्रवचन सहित महाआरती, भजन कृतन, कृष्णलिला र तिज गित प्रतियोगिता हुनेकार्यक्रम संचालक तथा पुजा ब्यवस्थापन समितिका महासचिव मुरली गौतमले जानकारी दिएका छन ।



