सुनवल/ असोज१५- सुनवल स्थित ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको १५औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ।


ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रियसदस्य एवं पुर्व मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा १५ औं साधारणसभा तथा तेस्रोअधिवेशन सम्पन्न भएको हो।
प्रमुख अतिथि कण्डेलले वन जंगल र बिकास प्रक्रियामामा डोजरलाई मात्र प्राथमिकता दिईने बिकासे गतिविधिले गर्दा समेत हाल देशमा प्रकृतिक विपत्ति आऊनूमा सहयोगी बनेको बताए । वन क्षेत्र तथा नदि खोलाको अतिक्रमणले गर्दा धेरै धनजनको क्षती भएको बताउदै वन तथा खोला तटिय क्षेत्र संरक्षणको मार्ग आजकोआवश्यकता रहेको बताए।

वरिष्ठ अतिथि सुनवल नगरप्रमुख बिमला अर्यालले नगरले एक वन एक उद्दम निति लिएको बताउदै वनले उत्पादनमा जोड दिएर अगाडि अगाडि बढ्न आग्रह गरिन।
कार्यक्रममा सुनवल सव डिभिजन कार्यलय बरिस्ठ वन अधिकृत मरिच लामा, खानेपानी उपभोक्ता महासंघ लुम्बिनीप्रदेश अध्यक्ष थानप्रसाद गैह्रे,सामुदायिक वन उपभोक्ता समिति नवलपरासी अध्यक्ष शारदा पोखरेल,सामुदायिक वनउपभोक्ता समुहका केन्द्रिय सदस्य कमल परियार बड़ा अध्यक्ष नारायण आचार्य लगायतले धारणा राखेका थिए।

अधिवेशनमा १७ लाख १७ हजार बराबरको आयव्यय प्रस्तुत गरिएको थियो।सुनवल नगरपालिका वडा–७ कार्यक्षेत्ररहेको यस वनले ४८३.०८ हेक्टर क्षेत्रफल फैलिएको वनमा ७ सय ५६ जना उपभोक्ता रहेको समुहकि सचीव पवित्रा पौडेलले जानकारी दिएकि थिईन।


