१ अशोज २०८३, बिहिबार

काठमाडौंबाट नारायणगढ आउने बस उज्यालोमा मात्रै हिँड्न पाउने

असोज १६ । अब काठमाडौंबाट नारायणघाट जाने बस उज्यालोमा मात्रै हिँड्न पाउने भएका छन्। मंगलबार यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभागबीच भएको छलफलमा उज्यालोमा मात्रै यात्रा गर्ने सहमति भएको हो।

दसैंका लागि खुलेको अग्रिम टिकट भने अवस्था हेरेर मात्र काटिने भएको छ। यसभन्दा पहिले काटिएको टिकटका यात्रुलाई भने पहिले प्राथमिकता दिइने भएको छ।त्यस्तै, पहिरो आइ वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरुलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्न निणर्य भएको छ।

देशभरीको विपद सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सम्प्रेषण गर्ने भएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार