१ अशोज २०८३, बिहिबार

सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा

असोज १६ । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। मंगलबार जिल्ला अदालत बाग्लुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको एकल इजालसले थुनछेक बहसपछि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका तहसिलदार शिवप्रसाद गौतमले बताए।

बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपाली रकम हिनामिना गरेर १६ महिनादेखि फरार थिए। भारतको दिल्लीबाट पक्राउ परेका नेपालीलाई शनिबार काठमाडौँ ल्याइएको थियो।

आइतबार पोखरा विमानस्थल हुँदै बाग्लुङ पुर्‍याइएको हो। सोमबार जिल्ला प्रहरी कार्यालय बाग्लुङले नेपालीलाई अदालतमा पेश गरेको थियो। सोमबार वयान लिइएपछि मंगलबार थुनछेक बहस भएको हो।

नेपालीसँगै पक्राउ परेर बाग्लुङ ल्याइएको सहकारी ठगीमा संलग्न ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जी भने धरौटीमा छुटेका छन्। उनी एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार