• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्समा आवद्ध

  •  
  • २०८१ मंसिर ७, शुक्रबार ००:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+


    मंसिर ७ । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । सन् २०२४ को टी-२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरेका छन्

    पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फर्म्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् ।

    बायाँ हाते स्पिन र ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरलेक्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

    जफरले क्रिकेट इतिहासमा एउटा बेग्लैस्थान राखेका छन् । टी-२० अन्तर्राष्ट्रिय खेलमा चार ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् । नोभेम्बर २०२१ मा भएको पानामाविरुद्धको उक्त खेलमा उनले चार ओभरमा दुई विकेट लिएर ४-४-०-२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म पनि कायम छ ।

    लुम्बिनी लायन्सका लागि एनपीएल २०२४ मा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भने, “म नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्त्वपूणर् योगदान पुर्‍याउन चाहन्छु ।”

    लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आगामी सिजनका लागि जफरलाई टिममा समावेश गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “साद बिन जफरजस्तो अन्तर्राष्ट्रिय ट्यालेन्टलाई हाम्रो टिमको हिस्सा बनाउन पाउँदा हामी निकै हर्षित छौँ । उहाँको अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौँ ।”

    जफर लुम्बिनी लायन्समा आबद्ध भएसँगै नेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ । एनपीएल यही मंसिर १५ गतेबाट सुरु हुँदैछ । लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ ।

    Post Views: 386

    प्रकाशित मिति: २०८१ मंसिर ७, शुक्रबार ००:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.