६ अशोज २०८३, मङ्लबार

पहिलो चौमासिकमा १७ प्रतिशतले बढ्यो राजस्व


मंसिर ७ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व सङ्कलन गएको आर्थिक वर्षको यही अवधिको तुलनामा झन्डै १७ प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत विवरण अनुसार गएको वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएकोमा चालू आर्थिक वर्षको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । तर सरकारले लक्ष्य अनुसार राजस्व उठाउन भने सकेको छैन ।

चालू आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा चार खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । चालू आर्थिक वर्षको वार्षिक राजस्व सङ्कलनको लक्ष्य भने १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको लक्ष्य प्राप्त गर्न स्रोत र खर्च व्यवस्थापन महत्त्वपूणर् रहेको भन्दै करको दायरा विस्तार, बक्यौता असूली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तरमन्त्रालय समन्वय, भन्सार विन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौतीलगायत पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्रीले कर सङ्कलन प्रणाली तोड्न (सिस्टम ब्रेक) खोज्नेलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार