• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नारायणीमा छाडियो ६ हजार माछाका भुरा

  •  
  • २०८१ मंसिर ७, शुक्रबार ००:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मंसिर ७ । नारायणी नदीमा ६ हजार माछाका भुरा छाडिएको छ । नदी आसपास बस्ने बोटे, माझी, मुसहर, थारु, कुमाल, दराई जस्ता समुदायलाई जीवन निर्वाहमा सहज होस् भनेर माछाका भुरा छाडिएको हो । नारायणी नदीको नवलपुर खण्डमा रहेका यी समुदायको प्रमुख आयको स्रोत नदी नै हो ।

    नदीमा नैनी प्रजातिका ६ हजार माछाको भुरा छाडिएको स्थानीय माछा पालक किसान परमेश्वर महतोले बताउनुभयो । विश्व मत्स्य दिवसको अवसर पारेर कावासोती-१७ अमलटारीबाट नदीमा माछा छाडिएको हो । नारायणी नदीमा पछिल्लो समय माछा हराउँदै गएको स्थानीयको भनाइ छ । नदीको प्राकृतिक स्वरुपमै राख्न माछाको भुरा छाडिएको मत्स्य व्यवसायी संघ नवलपुरका सचिव इन्द्रमणि भुसालले बताउनुभएको छ ।

    नारायणी नदीमा यसअघि पनि माछा, घडियाल गोही, कछुवा छाडिदै आएको छ । गतबर्ष पनि यहाँ मत्स्य दिवसका अवसरमा माछा छाडिएको थियो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा बिहीबार माछा छाडिएको हो ।

    नवलपुरमै उत्पादन भएका माछाका भुरा नारायणी नदीमा छाडिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताउनुभयो । उहाका अनुसार यहाँ छाडिएका एउटा माछाले एक पटकमा तीन लाखसम्म माछाका भुरा जन्माउन सक्ने भएकोले केही माछा मात्रै हुर्कन सक्यो भने पनि उपलब्धिमुलक हुनेछ ।

    नारायणी नदी चितवन राष्ट्रिय निकुञ्जमा रहेको गैडा, बाघ, भालु, हात्ती जस्ता जंगली जनावरका साथै यहाँ आउने लाखौं चराचुरुङ्गीको पानीको स्रोत पनि हो । नारायणी नदीलाई पुरानै अवस्थामा फर्काउन नसके पनि यहाँ रहेका जलचरहरुलाई संरक्षण गर्नु आवश्यक रहेको अधिकारकर्मीहरु बताउँछन् ।

    Post Views: 408

    प्रकाशित मिति: २०८१ मंसिर ७, शुक्रबार ००:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग
    रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.