५ मंसिर । आशन्न स्थानीय तहको उपनिर्वाचनअन्तर्गत रुकुम पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजु) निर्विरोध विजयी भएका छन् ।

मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका माओवादी उम्मेदवार घर्ती पुथाउत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा निर्विरोध विजयी भएका हुन् ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पूणर्बहादुर घर्तीले जानकारी दिए ।



