२९ अशोज २०८३, बिहिबार

Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

काठमाडौं, नेपाल, हालै भोटेकोशी क्षेत्रमा भएको प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै Global Gate Educational Consultancy (GGEC) ले सार्वजनिक राहत सहयोगस्वरूप रु. ५१,१११ (एकाउन्न हजार एक सय एघार रुपैयाँ) सहयोग गरेको छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सार्वजनिक सहयोग/राहत कोषमार्फत प्रदान गरिएको हो।

Global Gate Educational Consultancy ले शिक्षा क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको मात्र नभई, आवश्यक परेको समयमा समाज र समुदायप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ।

“विपद्को समयमा प्रभावित समुदायसँगै उभिनु हाम्रो सामाजिक दायित्व हो। हाम्रो सानो सहयोगले पनि प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा केही योगदान पुर्‍याउन सकेमा हामी यसलाई आफ्नो जिम्मेवारी पूरा भएको महसुस गर्नेछौँ,” Global Gate Educational Consultancy ले जनाएको छ।

GGEC ले भोटेकोशी विपद्बाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्स्थापनामा खटिनुभएका सम्पूर्ण व्यक्ति, संस्था तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गर्दछ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार