३० अशोज २०८३, शुक्रबार

४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

 

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१ मा प्रहरीले चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतबाट लागूऔषध खैरो हेरोइन खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहको निगरानीका क्रममा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भारतीय मोटरसाइकलमा आएका दुई जनालाई रोक्न खोज्दा भाग्न थालेपछि प्रहरीले चेतावनीस्वरूप चार राउण्ड हवाई फायर गरेको जनाएको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्जका ३३ वर्षीय गिरीजेश श्रीवास्तव र निवलौन निवासी २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको ब्यूरोले जनाएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार