२९ अशोज २०८३, बिहिबार

जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

 

सुनवल /  शैक्षिक ऐक्यवद्धताको समूह (जिसन नेपाल) नवलपरासीको आयोजनामा आधारभूत तहस्तरीय हिज्जे (Spelling Bee) प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सुनवल युनाइटेड एकेडेमी इङ्लिस सेकेण्डरी स्कुल, सुनवल प्रथम भएको छ।

प्रतियोगितामा जिल्लाका २८ विद्यालय सहभागी थिए। पहिलो चरणबाट उत्कृष्ट १६ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए। दोस्रो चरणमा समान अंक प्राप्त गर्ने चार विद्यालयबीच पुनः प्रतिस्पर्धा गराइएपछि विजेताको टुंगो लागेको आयोजकले जनाएको छ।

प्रतियोगितामा ब्लुमिङ बड्स बोर्डिङ स्कुल, शिवपुरगढी द्वितीय, मुनलाइट सेकेण्डरी इङ्लिस स्कुल, पाल्हिनन्दन तृतीय तथा मार्टिएस मेमोरियल इङ्लिस स्कुल, सुनवलले सान्त्वना स्थान हासिल गरेका छन्।

जिसन नवलपरासीका वरिष्ठ सल्लाहकार सन्तोष रौनियारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष थमन शेरचनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। रौनियारले जिसनका यस्ता गतिविधिले विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्नुका साथै अंग्रेजी शब्दभण्डार र आत्मविश्वास विकासमा सहयोग पुग्ने बताए।

वरिष्ठ सल्लाहकार इन्द्र गुरुङले स्पेलिङ-बीले विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै शब्दको अर्थ बुझ्ने र सम्झने क्षमता अभिवृद्धि गर्ने बताए। अर्का वरिष्ठ सल्लाहकार धनराज चापागाईँले विद्यार्थीको शैक्षिक गुणस्तर र स्मरणशक्ति विकासमा यस्ता प्रतियोगितात्मक कार्यक्रम प्रभावकारी हुने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सञ्जय ढुङ्गानाले स्वागत मन्तव्य दिएका थिए भने सहसचिव तथा अतिरिक्त क्रियाकलाप संयोजक सोमनाथ पाठकले सञ्चालन गरेका थिए। प्रतियोगिताको सहजीकरण सागर भुसालले गरेका थिए।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार