• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

  •  संवाददाता
  • २०८३ भाद्र ३, बुधबार २०:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम  नवलपरासीः पूर्वी नवलपरासीको कावासोतीबाट मंगलबार ठुलो परिमाणमा भारतबाट भन्सार छली गरी ल्याएका अबैध कपडा बरामद भयो । प्रहरीले फलफुल चोकमा चेकजाँच गर्ने क्रममा ना ३ ख ४६६२ नम्बरको ट्रकबाट ६२ लाख ५० हजार बराबरको कपडा बरामद गरेको छ ।
    यसरी भन्सार छली गरी ल्याईएका सामान बरामद भएको यो पहिलो घटना भने होईन । यी र यस्ता समाचार निरन्तर आईरहन्छन् । पछिल्लो समय सिमा नाकामा कडाई गरिएको बताईए पनि तस्करी हुने क्रम भने रोकिएको छैन ।

    प्रहरीले एक हजार थान कुर्था सुरुवाल, १४ हजार ५ सय ६२ मिटर काँचो थान कपडा र १ हजार ५ सय थान साडी बरामद गरेको थियो । बरामद गरेका सबै सामान पश्चिम नवलपरासीको महेषपुर भन्सार कार्यालयमा बुझाईसकेको छ ।
    पूर्वी नवलपरासीमा भारतिय सिमाबाट सामान भित्राउने त्रिवेणी नाका बाहेक अरु कुनै नाका छैन । त्रिवेणी आफैमा बन्द नाका हो । खुल्ला सिमा नभएका कारण त्यति सहज देखिदैन ।  भित्रिएको भए पनि पश्चिम नवलपरासी हुँदै पूर्वी नवलपरासी लैजानुपर्ने बाध्यकारी अवस्था छ ।
    पश्चिम नवलपरासीको बर्दघाट टिसियनचोकमा पनि निरन्तर प्रहरीको चेकजाँच चलिरहेकै हुन्छ । पश्चिम बाट पूर्व सामान लैजानका लागि बर्दघाट टिसियनचोक पार नगरी प्राय सम्भव नै छैन ।
    प्रहरीले चेकजाँच गरेको जस्तो पनि देखिन्छ तर पूर्वी नवलपरासीमा धमाधम भन्सार छलिका सामान प्रहरीले बरामद गरिरहँदा पश्चिम नवलपरासीको प्रहरी प्रशासन प्रति पनि प्रश्न उठ्ने गरेको छ ।
    पश्मि नवलपरासीको दक्षिणी सिमाना भारतिय सिमा संग जोडिएको छ । सिमा नाकामा तस्करी भैरहँदा सुरक्षा निकाय संग मिलेमोतो भएको आरोप पनि लाग्ने गर्छ । सानो परिमाणमा प्रहरीले भन्सार छलिका सामान बरामद गरेको समाचार आउने गरे पनि सिमानाकाबाट हुने तस्करी प्रभावकारी रुपमा न्यूनिकरण हुन सकेको छैन ।
    सिमानाकाबाट कपडा, चिनी, ईलेक्ट्रोनिक्स सामान, मोबाईल पार्टस तथा खाद्यान्न  लगायतका सामानहरुको ओसारपरार भैरहेको गुनासो छ ।  सिमाबाट सामान भित्रिएपछि सिमामै रहेका सुरक्षा चौकी, विभिन्न ठाउँमा चेकपोष्ट पार गर्दै बर्दघाटको टिसियनचोक पार गर्दै पूर्व तर्फ जाने गर्दछ ।
    दाउन्ने, दुम्कीबास हुँदै राजमार्गमा भएका प्रहरि चेकीङ छलेर अबैध सामान पूर्वका विभिन्न बजार सम्म पुग्ने गर्दछ । छिटफुट रुपमा सामान छोपिने गरे पनि ठुलो परिमाणमा हुने तस्करीका सामान कम मात्रामा मात्र प्रहरीले नियन्त्रणमा लिने गर्दछ ।
    जिल्ला प्रहरी कार्याल नवलपरासी पश्चिमका प्रहरी उपरिक्षक राम केशीले खुल्ला सिमानाका भएका कारण तस्करी नियन्त्रणमा समस्या भैरहेको बताएका छन्। उनले प्रहरीले मात्र चाहेर नियन्त्रण गर्न नसकिने बताउँदै सबैको साथ आवश्यक रहेको बताऊछन्।
    प्रहरी, स्थानिय र शसस्त्र प्रहरी सबैको साथ भए मात्र काम गर्न सहज हुने उनको भनाई छ ।
    नवलपरासी पश्चिमको सिमा क्षेत्रमा आधा दर्जन बढि शसस्त्र प्रहरीका र १ दर्जन बढि नेपाल प्रहरीका पोष्टहरु रहेका छन् । ठाउँ ठाउँमा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीका चेकपोष्ट छल्दै तस्कर भैरहनुले नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै प्रति प्रश्न तेर्सिएको छ ।
    रुपन्देही, कपिलबस्तु लगायतका जिल्ला बाट हुने तस्करीका सामान पनि पश्चिम नवलपरासी हुँदै पूर्वी नेपालका विभिन्न बजारमा पुग्ने  गर्दछन् ।

    सुनवल, भुमही, बर्दघाट लगायतका क्षेत्रमा राजमार्गमै चेकजाँच हुने गरेको छ तर सामान भने पूर्वी नवलपरासी पुगेर प्रहरीले नियन्त्रणमा लिएपछि सुरक्षा निकाय प्रति भैरहेको आशंकालाई थप बल पुग्ने देखिन्छ ।

    Post Views: 53

    प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार २०:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.