• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

  •  संवाददाता
  • २०८३ भाद्र ३, बुधबार १८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी
    पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव फरार रहेका छन् । सरकारी छाप तथा लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको मुद्दामा नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पछि उनी अहिले सम्म पक्राउ परेका छैनन् ।

    गत साउन २० गते नवलपरासी जिल्ला अदालतले यादवलाई पक्राउ पुर्जी जारी गरेकोमा उनले उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट निषेधाज्ञा जारी गराएका थिए । २९ गते उच्च अदालतले अल्पकालिक अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरे सँगै यादवलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

    यस विषयमा विभिन्न सञ्चार माध्यमहरूमा समाचारहरू आए सँगै यादवले एक विज्ञप्ति जारी गरी सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार, टिप्पणी वा धारणा हेरेर कुनै निष्कर्षमा नपुग्न र निष्पक्ष अनुसन्धानबाट सत्य तथ्य बाहिर आउने विषयमा विश्वास गर्न आग्रह गरेका थिए । उनले सम्मानित अदालतको न्यायिक सम्मान गर्दै यथाशीघ्र न्यायिक निकायमा उपस्थित भइ न्यायिक प्रकृयामा सहभागि हुने विज्ञप्तिमा उल्लेख गरेका थिए ।

    सामाजिक सञ्जाल मार्फत विज्ञप्ति सार्वजनिक गरेका यादव हाल सम्म प्रहरीको सम्पर्कमा छैनन् । पक्राउ पुर्जी जारी भैसकेको अवस्थामा उनलाई पक्राउन गर्नका लागि खोजी कार्य भइरहे पनि हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी प्रमुख राम केसीले जानकारी दिए ।

    अहिले प्रतापपुर गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मानकुमारी चौधरीले लिएकिछिन्। चौधरीले आफूलाई अध्यक्ष यादवले पत्र मार्फत कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताईन्।

    Post Views: 18

    प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १८:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.